प्रधानमन्त्री ओलीको सपथग्रहण विरुद्धको मुद्दामा सर्वोच्चले अन्तरीम आदेश दिन मानेन

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा […]

ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा अभियान संयोजक तथा उपाध्यक्ष गोकर्ण प्रसाद ढकालको १ लाख ५ हजार सहयोग

काठमाडौ । ग्लोबल गोरखा समाजको ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान’मा गैर आवासीय नेपाली संघ हङकङका महासचिव, अभियान संयोजक तथा उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले १ लाख ५ हजार सहयोग गर्नु भएको छ । मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सो सहयोग गर्नु भएको […]

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ४ हजार ३ सय ४० जनाको मृत्यु

नयाँ दिल्ली । कोरोना संक्रमणका कारण भारतमा एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो पटक संक्रमणबाट ४३ सय ४० सय जनाको मृत्यु भएको हो । अघिल्लो दिन करिब ४१ सय जनाको मृत्यु भएको थियो । त्यस्तै गएको मे एघार तारिखमा एकैदिन सबैभन्दा बढी ४२ सय जनाले ज्यान गुमाएका थिए । त्यहाँ कोरोनाबाट मृत्यु […]

लुम्बिनीका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल (जसपा)का ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सुवेदीको इजलासले जसपा […]

ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा संरक्षक राम प्रताप थापाको १ लाख सहयोग

काठमाडौ । ग्लोबल गोरखा समाजको एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियानमा गैर आवासीय नेपाली संघका संरक्षक राम प्रताप थापाले १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । गोरखा समाजको संरक्षक समेत रहनु भएको थापाले मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सो सहयोग गर्नु […]

पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु

काठमाडौं – आज देशभर ९ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि […]

कम्युनिष्ट पार्टीहरु बीचको एकता अझै आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ । नेकपा विभाजन हुनुमा पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको बताउनुभयो । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण […]