कम्युनिष्ट पार्टीहरु बीचको एकता अझै आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ । नेकपा विभाजन हुनुमा पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्याउन नसक्नु पनि कमजोरी भएको बताउनुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाई छ । नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याउनुभयो ।

कम्युनिष्ट पार्टीहरु बीचको एकिकरण गर्न आफुहरुले हिम्मत नहार्ने बताउँदै भन्नुभयो, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँ भित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर हामी हिम्मत हार्दैनौँ । कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन । हामीले बाह्य शक्तिहरूको हस्तक्षेपबाट देशको स्वाधिनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकिकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार १६:१३