ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा संरक्षक राम प्रताप थापाको १ लाख सहयोग

काठमाडौ । ग्लोबल गोरखा समाजको एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियानमा गैर आवासीय नेपाली संघका संरक्षक राम प्रताप थापाले १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । गोरखा समाजको संरक्षक समेत रहनु भएको थापाले मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सो सहयोग गर्नु भएको हो ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले विश्वभर रहेका गोरखाबासीले कोभिड प्रभावित जिल्लाबासीलाई राहत पुग्ने हिसावले सहयोग संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै, ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालनमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएकाले अभियान सञ्चालन गरेको र रकम संकलन कार्य जारी रहेको बताउनुभयो ।

समाजले १ लाख बराबरको लागत पर्न आउने र २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन भइरहेको हो ।


प्रकाशित | ३ जेष्ठ २०७८, सोमबार १९:४७