ग्लोबल गोरखाको अक्सिजन कन्सनट्रेटर अभियानमा अभियान संयोजक तथा उपाध्यक्ष गोकर्ण प्रसाद ढकालको १ लाख ५ हजार सहयोग

काठमाडौ । ग्लोबल गोरखा समाजको ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान’मा गैर आवासीय नेपाली संघ हङकङका महासचिव, अभियान संयोजक तथा उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले १ लाख ५ हजार सहयोग गर्नु भएको छ । मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सो सहयोग गर्नु भएको हो ।

ग्लोबल गोरखा समाजको स्वास्थ्य विभाग प्रमुख तथा अभियान संयोजक समेत रहनु भएको ढकालले नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालनमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएकाले अभियान सञ्चालन गरेको र रकम संकलन कार्य जारी रहेको बताउनुभयो ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले विश्वभर रहेका गोरखाबासीले कोभिड प्रभावित जिल्लाबासीलाई राहत पुग्ने हिसावले सहयोग संकलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

ग्लोबल गोरखा समाजले १ लाख बराबरको लागत पर्न आउने र २ जना बिरामीको लागी प्रत्यक्ष प्रयोग गर्न सकिने कुल ६६ स्वास्थ्य चौकी र अस्पतालहरुमा कम्तिमा १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन भइरहेको हो ।


प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार ०९:०२