काठमाडौं: काँडाघारी खानेपानी आयोजना यतिबेला लयमा फर्कन थालेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की यो आयोजना सम्पन्न गर्न लागि पर्नु भएको हो । आयोजनाको यतिबेला धमाधम प्रेसर टेस्टिङ भइरहेको छ । वि.सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृत भएको आयोजनाको काम नगरपालिकाको अघिल्लो नेतृत्वले अघि बढाएको थियो । काम लगभग सम्पन्न भएको भनिएपनि प्रेसर […]
काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष सुनील साहले उपाध्यक्षमा उम्मेदवारी घोषण गर्नु भएको छ । साहले आगामी कार्याकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । संघको निर्वाचन अक्टोवरमा हुँदैछ । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभएको छ भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने […]
काठमाडौं: सरोकारवाला निकायहरुले कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने प्रतिबद्धता गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र बाल विकास समाजको सहकार्यमा आइतबार आयोजित गोष्ठीमा सरोकारवालाहरुले नगरलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता जनाउनु भएको हो । कार्यक्रममा नगर प्रमुख तथा नगर बाल विकास समिति संरक्षक उपेन्द्र कार्कीले नगरपालिकालाई बालश्रम मुक्त बनाउने प्रतिबद्धता-पत्रमा हस्तक्षर गर्नु भयो । […]
भक्तपुर : सुर्यविनायक नगरपालिकाले बृहत्त खानेपानी परियोजनाको कामलाई तीब्रता साथ अगाडि बढाएको छ । परियोजना अन्तर्गत पहिलो चरणमा वडा नंं ६ स्थित पाण्डुबजारमा रहेको मेलच्ची खानेपानी संकलन रिजर्भ ट्यांकीबाट खानेपानी वितरणको शुभारम्भ गरिएको हो । नगर प्रमुख बासुदेव थापाले शुक्रबार ग्राभिटी फ्लो अर्थात टंयाकीभन्दा तल्लो क्षेत्रका उपभोक्तालाई खानेपानी वितरण गर्ने कार्यको शुभारम्भ गर्नु भएको हो […]
भक्तपुर: उपत्यकाकै स्थानीय तह भएपनि चाँगुनारायण नगरउन्मुख पालिका भन्दा फरक पर्दैन । उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको यस नगरपालिका ग्रामीण भूभागले भरिएको छ । जीवन खत्रीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा देखिने गरिका महत्वपूर्ण कामहरु भएका छन् । कृषि, पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आर.के) शर्मा आगामी नेतृत्वको लागि चुनावी मैदानमा होमिनु भएको छ । शर्माले चुनावी अभियानकै क्रममा विशेष गरि यूरोप र एसियाका धेरै जसो एनसिसीहरुको भ्रमण सम्पन्न गरिसक्नु भएको छ । शर्मा केहि समय अघि मात्र जापान पुग्नु भएको थियो । युरोप र जापानमा बस्ने गैर आवासीय अभियन्ताबाट […]
काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैर आवासीय नेपालीमैत्री […]