मधेश प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ का लागि अभियान चलाउँदै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]

एनआरएनए यूकेका नवनियुक्त अध्यक्ष खडकासहित उपाध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

लन्डन : गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नवनियुक्त अध्यक्ष सुनीलबाबु खडकालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । नयाँ वर्षको अवसरमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा खड्काको अध्यक्षतामा रहेको नवनियुक्त विभिन्न पदाधिकारी तथा सदस्यलाई शपथ खुवाइएको हो । एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले अध्यक्ष खडकालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो भने […]

नेपालका हस्तकला उद्योगमा लगानीका लागि सहजीकरण गरिदिन एनआरएनएको माग

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु इच्छुक रहेकाले लगानीका लागि सहजीकरण गरिदिन सरकारसँग माग गर्नु भएको छ । गैर आवासीय नेपाली संघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि आयोजीत […]

गैर आवासीय नेपाली संघद्धारा डिसेम्बर महिनाको मासिक प्रतिवेदन सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघले डिसेम्बर महिनाको मासिक प्रतिवेदन सार्वजनीक गरेको छ । एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाको नेतृत्वमा भएका र एनआरएनएले गरेका गतिविधि समेटिएको मासिक प्रतिवेदन सार्वजनीक गरिएको हो । सार्वजनीक गरिएको प्रतिवेदन अनुसार डिसेम्बर महिनामा भएका मुख्य गतिवधि तथा उपलब्धिहरु यसप्रकार छ: – १. सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका […]

पोखरामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माणका लागि एनआरएनए र महानगरपालिका बिच सम्झौता

पोखरा: पोखरा महानगरपालिका वडा नं ९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ एनआरएनए बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो […]

एनआरएनए कोषाध्यक्ष साह जनसम्पर्क समितिद्धारा सम्मानीत

दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह सम्मानीत हुनु भएको छ । कोषाध्यक्ष साह एसिया भ्रमणको क्रममा सम्मानीत हुनु भएको हो । दुई साताभन्दा लामो एसिया भ्रमणको क्रममा साहलाई नेपाली जनसम्पर्क समिति कतार र यूएईले सम्मान गरेको हो । कतारमा आयोजित एक कार्यक्रमका बीच जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस […]

विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा समेटने गरी ल्याइएको कार्यविधिप्रति एनआरएनएद्धारा खुसी व्यक्त

काठमाडौं: सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा समेटने गरी ल्याएको कार्यविधिप्रति गैरआवासीय नेपाली संघले खुसी व्यक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा गत मंसिर २५ गते मन्त्रालयबाट स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ […]