मधेश प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ का लागि अभियान चलाउँदै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो ।

रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि ब्लड बैंक बस प्रदान गरिने एनआरएनका कोषाध्यक्ष सुनिल साहले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is madhesh-1024x732.jpg

परियोजनाका सयोजक साहले परियोजनालाई सार्थक पार्दै मानवीय पुण्यको कार्यमा हातेमालो गर्न सम्बन्धित सबैसँग आग्रह गर्नु भएको छ । ‘तपाई हामी सबैको सहयोगले यो परियोजना सफल हुनेमा हामी विश्वस्त छौं’, साहले भन्नु भएको छ ।

सबै कानुनी र खरिद प्रकिया सुरु गरेर छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने गरि कार्य तीब्र बनाइएको छ । ब्लड बैंक बसको करिब ६० लाख भन्दा बढी मुल्य पर्ने जनाइएको छ ।

यस अघि पनि गैर आवासीय नेपाली संघले भरतपुर महानगर र सुदुरपश्चिम प्रदेशमा ब्लड बैंक बस प्रदान गरिसकेको छ ।


प्रकाशित | ३० पुष २०७९, शनिबार २१:४६