दोहा : गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह सम्मानीत हुनु भएको छ । कोषाध्यक्ष साह एसिया भ्रमणको क्रममा सम्मानीत हुनु भएको हो । दुई साताभन्दा लामो एसिया भ्रमणको क्रममा साहलाई नेपाली जनसम्पर्क समिति कतार र यूएईले सम्मान गरेको हो ।
कतारमा आयोजित एक कार्यक्रमका बीच जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस महासमिति सदस्य नरेन्द भाट, वर्तमान सभापति ठाकुर प्रसाद परियार र महामन्त्री केदार भूसालले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
सोही क्रममा कतार मधेश प्रदेश समन्वय समितिले पनि सम्मान गरेको छ । कतारमा आयोजित छुट्टै कार्यक्रमकाबीच मधेश प्रदेश समन्वय समितिका अध्यक्ष मोहम्मद नियाज शेख र महासचिव तोजीलाल मण्डलले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
त्यस्तै, नेपाली जनसम्पर्क समिति यूएईले स्वागत तथा अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरि सभापति भुवानी प्रसाद तिमिल्सिना र महामन्त्री हरि खड्काले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
उता एनआरएनए कोषाध्यक्ष साहले एसिया प्याशिफिकका कम्बोडिया, सिंगापुर, थाईल्याण्ड, मलेसिया, मध्यपूर्वको यूएई, कतारलगायत विभिन्न देशको भ्रमण गर्दै गैर आवासीय नेपालीहरुसँग छलफल, भेटघाट तथा अन्तरक्रिर्या सम्पन्न गर्नु भएको छ ।




प्रकाशित | २० पुष २०७९, बुधबार २१:१८