ल्हासामा वातावरण मैत्री ८० बस थपिए

ल्हासा: ल्हासामा वातावरणमैत्री ८० बस प्रयोगमा ल्याइएको छ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोगमा ल्याइएको हो । शनिबारदेखि सञ्चालनमा ल्याइएका सबै बसहरू एकै किसिमका विद्युतीय गाडी रहेका र उनीहरूमा स्वचालितरूपमा स्टेशनको जानकारी दिने, चालकले गाडी चलाउँदा अनुगमन गर्ने र व्यवस्थापन प्रणाली जडित गाडी भएको […]

हवाई आक्रमणमा परी लिबियामा ४० आप्रवासी मारिए

एजेन्सी /रासस : लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको समर्थन रहेको सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मालेक मेर्सेकले ४० जनाको मृत्यु भएको र ८० भन्दा बढी […]

साउदी विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण

रियाद, १७ असार (रासस(सिन्ह्वा) : साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिनुभयो । अर्का घाइते व्यक्ति भारतीय […]

भारतको विहारमा तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो

भारत: भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको ज्यान गएको छ । प्रान्तीय राजधानी पटनाको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण गयामा धारा १४४ लागू गरिएको छ । उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म […]

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी पक्राउ

एजेन्सी: पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सह प्रमुख असिफ अली जर्दारी पक्राउ परेका छन् । पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । कालो धनलाई वैध बनाएको तथा नक्कली खाताबाट वित्तीय अपचलन गरेको पनि आरोप छ । पूर्व राष्ट्रपति जर्दारी यसअघि […]

हङकङमा अहिलेसम्मकै ठूलो प्रदर्शन: १० लाख भन्दा बढी सहभागी भएको दावी

काठमाडौं : हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध गर्दै पदर्शन भएको हो । नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने […]

मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक बुधबार बस्दै

एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ । गत मे ३० तारिखका दिन सपथ ग्रहण गर्नु भएका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाउनुभएको श्रोतले जनाएको छ । दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका मोदी सपथ ग्रहणको भोलीपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत […]