मोदीको दोश्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक बुधबार बस्दै

एजेन्सी : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ । गत मे ३० तारिखका दिन सपथ ग्रहण गर्नु भएका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाउनुभएको श्रोतले जनाएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका मोदी सपथ ग्रहणको भोलीपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेबारी तोक्नुभएको थियो । पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामको बारेमा छलफल हुने श्रोतले जनाएको छ ।एजेन्सी, २५ जेठ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।

गत मे ३० तारिखका दिन सपथ ग्रहण गर्नु भएका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाउनुभएको श्रोतले जनाएको छ । दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका मोदी सपथ ग्रहणको भोलीपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेबारी तोक्नुभएको थियो । पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामको बारेमा छलफल हुने श्रोतले जनाएको छ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १८:३८