भारतको विहारमा तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो

भारत: भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको ज्यान गएको छ । प्रान्तीय राजधानी पटनाको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण गयामा धारा १४४ लागू गरिएको छ । उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ ।

स्थानीय समाचारमाध्यमले जनाए अनुसार सोमबार नालन्दामा ५ र औरंगाबादमा ४ जनको लुबाट ज्यान गएको छ । आइतबार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिबार ६१ जनाको मृत्यु भएको थियो ।
गर्मीका कारण ३ सय भन्दा बढी बिरामी भएका छन् । उन् ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०९:४५