नयाँ दिल्ली, २२ साउन (रासस÷एएनआई) : भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याउनुभएको थियो । उहाँले मङ्गलबार […]
नयाँ दिल्ली: भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ […]
एल पासो, संयुक्त राज्य अमेरिका, १९ साउन (रासस÷एएफपी) : संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको छ । शनिबार राति एक बन्दूकधारीले टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा चलाएको गोली […]
नयाँ दिल्ली : भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् । जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ । मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ । सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण दशौ हजारको […]
काबुल : अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ । तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ । राष्ट्रसंघले […]
अबुजा, १३ साउन (रासस-सिन्ह्वा) : नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ । बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिनुभयो । पीडितसँग भेटघाटपछि संचारकर्मीसँग कुरा […]
सियोल : उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् । उत्तर कोरियाले बिहीबार बिहानै उत्तर […]