बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन: बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भेटिभ पार्टीको नेताका रुपमा निर्वाचित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो । पार्टीको नेतृत्वका जोन्सनले जेरेमी हन्टलाई हराएका हुन् । विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता जेरमी हन्टलाई पराजित गर्दै जोनसनले बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गर्नुभएको हो […]

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन, ३ साउन ९रासस(सिन्ह्वा० – डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट […]

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

काठमाडौं/(रासस÷सिन्ह्वा) : दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ […]

विदेशी विमानका लागि पाकिस्तानी आकाश खुला

कराची : पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण भारतसहित सबै मुलुकका गैरसैनिक विमानलाई पाकिस्तानी आकाशबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो । गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी बिमानका लागि प्रतिबन्ध […]

बाढीका कारण बङ्लादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित

ढाका/रासस÷सिन्ह्वा : बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका छन् । प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख जना […]

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

बेरुत, २७ असार (रासस-एएफपी) :  सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ […]

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

बेइजिङ, २३ असार (रासस÷एएफपी) :  संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम प्रशोधनको उच्च सीमालार्इ तोड्ने घोषणापछि आएको हो । “तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” […]