हङकङमा अहिलेसम्मकै ठूलो प्रदर्शन: १० लाख भन्दा बढी सहभागी भएको दावी

काठमाडौं : हङकङमा प्रस्तावित सुपुर्दगी सन्धि विरुद्ध प्रदर्शन भएको छ । हङकङले चीन सरकार समक्ष बन्दीहरू हस्तान्तरण गर्न सक्ने विधेयक ल्याइएपछि त्यसको विरोध गर्दै पदर्शन भएको हो । नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने अनुमति दिन्छ । आन्दोलनमा १० लाख भन्दा बढी मानिस सहभागी भएको आयोजकहरुले दाबी गरेका छन् भने प्रहरीले साढे २ लाख प्रदर्शनकारी भएको बताएको छ ।

हङकङमा २० वर्षभन्दा पछि भएको यो नै सबैभन्दा ठूलो प्रदर्शन रहेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडपसमेत भएको थियो । मास्क लगाएका केही प्रदर्शनकारीले विधान परिषद्को कार्यालयमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गर्दै खुर्सानीको स्प्रे प्रयोग गरेको थियो । केही प्रदर्शनकारी र प्रहरीको अनुहार रगताम्मे भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ०९:१८