बेलायतमा लकडाउन खुकुलो, ६ जनासम्मको ग्रुपमा भेट्न सकिने

लन्डन :  आगामी जुन १ तारिख बाट बेलायतमा जारी लकडाउनमा केहि सहजता अपनाइने भएको छ । गत मार्च २३ तारिखबाट सुरु भएको लकडाउन करिब नौ हप्ता बितिसकेको छ । प्राइभेट गार्डेन तथा आउटडोरमा दुई मिटरको दुरी कायम राख्दै बढीमा ६ जनासम्मको ग्रुपमा जुन १ तारिखबाट भेटघाट गर्न सकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । लकडाउनमा […]

भारतमा सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल : राहुल गान्धी

काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र […]

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

हङकङ:  मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने स्टान्ले हो ९८ वर्षका हुनुहुन्थ्यो । अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको थियो । उहाँ पूर्व पोर्चुगाली उपनिवेश मकाउकै […]

अमेरिकामा ४ लाख व्यक्तिले जिते कोरोना

काठमाडौं : कोरोना महामारीले सबैभन्दा आक्रान्त भएको संयुक्तराज्य अमेरिकामा उपचारपछि घर फर्कंनेको संख्या ४ लाख नाघेको छ । १६ लाख ४५ हजार संक्रमितको संख्या पुगेको त्यहाँ शनिबार बिहानसम्म ४ लाख ३ हजार २ सय व्यक्ति संक्रमण मुक्त भएका छन् । अमेरिकामा अहिले ११ लाख ४४ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १७ हजार १०९ […]

भारतमा पछिल्लो २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना सङ्क्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख १८ हजार ४४७ पुगेको छ । त्यसैगरी, भारतमा […]

बेलायतमा मृतक संख्या ओरालो लाग्दै, २४ घण्टामा ३ सय ६३ को मृत्यु

लण्डन:  कोरोना भाइरस संक्रमणबाट बेलायतमा भइरहेका दैनिक मृत्युको संख्या निरन्तर घट्दै गइरहेको छ । यसैक्रममा पछिल्लो एक दिनमा ३ सय ६३ जनाको मृत्यु भएको छ । यसअघि विकेण्डमा मृत्युको संख्या न्यून हुंदै आएपनि साताको अन्य दिनमा पनि अब मृतक संख्या घट्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार हालसम्म देशमा कोरोनाबाट […]

अमेरिकामा १२ सय डलरको राहत ४० लाखलाई डेबिट कार्ड मार्फत पठाइने

न्यूयोर्क: अहिलेसम्म कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले उपलब्ध गराएको १२ सय डलरको राहत बैंक एकाउन्टमा वा चेकमार्फत पठाउने गरिएको छ । तर अब उक्त रकम डेबिटकार्ड मार्फत समेत पठाइने भएको छ । झण्डै ४० लाखलाई डेबिट कार्डमार्फत पठाइने अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ । डेबिटकार्डमार्फत व्यक्तिले रकम छिटो प्राप्त गर्नसक्ने जनाइएको […]