लण्डन : बेलायतमा कोरोना भाइरस (कोभिड १९) संग सम्बन्धित स्वास्थ्य समस्याका कारण अस्पतालमा रहने बिरामीहरुको संख्या क्रमिक रुपमा घट्न थालेको छ । उपचारको शिलशिलामा इंग्ल्याण्डका अस्पतालमा रहेका कोभिडसम्बन्धी बिरामीको संख्या एक सातामै २ हजारले घटेको छ । मंगलबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा ‘एनएचएस’ इंग्ल्याण्डका मेडिकल डाइरेक्टर प्रा स्टेफन पाविसले इंग्ल्याण्डका अस्पतालमा एक साताभित्रै उल्लेख्य […]
काठमाडौं: रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ । भेन्टिलेटरबाट आगलागी सुरु भएको बताइएको छ । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । एजेन्सी
काठमाडौं : जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाइपूर्वक पालना गर्न आग्रह गरेकी छन् । सामाजिक दूरीको नियम खुकुलो पारिएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि चान्सलर मर्केलले सामाजिक दुरीको नियम पालना गर्न आग्रह गरेकी हुन् । रोबर्ट कोच इन्स्टिच्युटको तथ्यांकअनुसार सोमबार जर्मनीमा १ सयभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । यो संक्रमणदरलाई […]
न्यूयोर्क: न्यूयोर्क राज्यका सिटीहरु खोल्नका लागि गभर्नर एन्ड्रयु कुमोले विभिन्न ७ मापदण्डहरु तय गरेका छन् । अहिलेसम्म न्युयोर्क सिटीले भने तीमध्ये ४ वटामात्र मापदण्ड पूरा गरेको छ । न्युयोर्क राज्यका अन्य सिटीको तुलनामा न्युयोर्क सिटी सबैभन्दा ढिलो खुल्ने देखिएको छ । मापदण्ड पूरा गर्नका लागि न्युयोर्कमा अस्पताल भर्ना हुने दरमा कमी आउन आवश्यक रहेको छ […]
लन्डन : कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न लागू गरिएको ‘सामाजिक दूरी’ को नियम पालन नगर्दा बेलायत सरकारका एक प्रमुख सल्लाहकारले राजीनामा दिनुपरेको छ । बीबीसीका अनुसार बेलायतमा ‘लकडाउन’ को शिफारिस गर्नेमध्येकै एक प्राध्यापक निल फर्गसनले आफूबाट सामाजिक दूरीको नियम उल्लंघन भएको स्वीकार्दै पदबाट राजीनामा दिनुपरेको हो । उनले आफ्नो प्रेमिकालाई ‘लकडाउन’ कै बीच आफ्नो घरमा […]
लण्डन: कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या युरोपकै सबैभन्दा उच्च भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाले ज्यान गुमाएपछि बेलायतमा हालसम्मको मृतक संख्या २९ हजार ४ सय २७ पुगेको छ । यसअघि युरोपमा सबैभन्दा बढी मृत्यु भएको इटलीमा मंगलबारसम्म २९ हजार ३ सय १५ जनाको ज्यान गएको छ । मंगलबार सरकारको […]
काठमाडौं : भारतमा एकै दिन झण्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ४६ हजार ४ सय नाघेको छ । त्यस्तै, भारतमा बितेको २४ घण्टामा १७५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसहित त्यहाँ कोरोनाबाट मृत्यु […]