अमेरिकामा ४ लाख व्यक्तिले जिते कोरोना

काठमाडौं : कोरोना महामारीले सबैभन्दा आक्रान्त भएको संयुक्तराज्य अमेरिकामा उपचारपछि घर फर्कंनेको संख्या ४ लाख नाघेको छ । १६ लाख ४५ हजार संक्रमितको संख्या पुगेको त्यहाँ शनिबार बिहानसम्म ४ लाख ३ हजार २ सय व्यक्ति संक्रमण मुक्त भएका छन् ।

अमेरिकामा अहिले ११ लाख ४४ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १७ हजार १०९ जनाको अवस्था गम्भीर रहेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने देश हो । त्यहाँ अहिलेसम्म ९७ हजार ६ सय संक्रमितले यो भाइरसबाट ज्यान गुमाएका छन् ।

त्यस्तै, स्पेनमा १ लाख ९६ हजार, जर्मनीमा १ लाख ५९ हजार, इटालीमा १ लाख ३६ हजार, टर्कीमा १ लाख १६ हजार, इरानमा १ लाख २ हजार, रुसमा १ लाख संक्रमित उपचारपछि घर फर्किएका छन् । विश्वभर ५३ लाख बढी संक्रमितमध्ये २१ लाख ५८ हजार संक्रमित निको हुँदा ३ लाख ३९ हजार व्यक्तिको मृत्यु भएको छ ।


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार ०८:२२