भारतमा पछिल्लो २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना सङ्क्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।

त्यसैगरी, भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १६:५७