बाइडेनले सम्बोधन गर्दै भने – हामी स्पष्ट बहुमतका साथ चुनाव जित्दैछौं

न्यूयोर्क – अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेनले राष्ट्रपति चुनाव आफूले स्पष्ट बहुमतका साथ जित्ने बताएका छन् । पेन्सिलभेनिया र जर्जियामा अग्रता कायम राखेका बाइडेनले आफूहरुले चुनाव जित्ने निश्चित भइसकेको बताए । बाइडेनले शुक्रबार मध्यराती हुनुभन्दा अगाडि डेलावरमा विशेष सम्बोधन गर्दै स्पष्ट बहुमतका साथ चुनाव जित्ने विश्वास ब्यक्त गरे । उनले ७४ मिलियन भन्दा धेरै भोट […]

पेन्सिलभेनिया र जर्जियामा बाइडेनको अग्रतासँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो बन्दै

किशोर पन्थी /न्यूयोर्क ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनिया र जर्जियामा डेमोक्रेटिक राष्ट्रपति उम्मेदबार जो बाइडेनले अग्रता कायम गरेसँगै ह्वाइट हाउस प्रवेशका लागि बाटो फराकिलो भएको छ । यी दुबै राज्यमा मतगणना कायम रहेकाले र अन्तर झिनोमात्र रहेकाले विजेता घोषणा हुन भने केहीसमय लाग्नेछ । दुईमध्ये एउटामात्र राज्य जितेपनि बाइडेन ह्वाइटहाउस प्रवेश गर्नेछन् । हिजोसम्म डोनाल्ड ट्रम्पको अग्रता […]

चुनावमा धाँधली भएको भन्दै मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर

किशोर पन्थी/न्यूयोर्क – पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर गरिएको छ । यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो । बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् । […]

राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित

किशोर पन्थी ब्याटलग्राउण्ड राज्य मिसिगनमा जो बाइडेनले जीतेका छन् । यो संगै बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित भएको छ । अब बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत प्राप्त भएका छन् । नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० […]

चुनावमा धाँधली भएको भन्दै ट्रम्पले गरे सर्वोच्च अदालत जाने घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहँदा राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्। ट्रम्पले भनेका छन्, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो […]

बेलायतमा कात्तिक २० देखि एक महिने लकडाउनको घोषणा

लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोरोनाको बढ्दो संक्रमण दर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन (डिसेम्बर २ सम्म) गर्नु […]

बेलायतमा एक महिना राष्ट्रव्यापी लकडाउन घोषणा हुँदै

लन्डन । कोरोना भाइरस संक्रमणदर वृद्धि हुंदै गएपछि बेलायत सरकारले इंग्ल्याण्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरि सोमबार दोश्रो राष्ट्रिय लकडाउन घोषणा गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । ‘घरैमा बस्न’ निर्देशन दिइने उक्त घोषणा सोमबार हुने तर स्कुल, कलेज र विश्वविद्यालयमा […]