किशोर पन्थी/न्यूयोर्क – पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर गरिएको छ । यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।
बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् ।
पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुनस् मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुनस् मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।
सन् २०१६ को चुनावमा शुन्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुनस् मतगणना गर्नुपरेको थिएन । तर यसपटक के हुन्छ त्यसका लागि भने बेलुकासम्म कुर्नुपर्नेछ ।
त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन् ।
उता जो बाइडेनले चुनाव जीतेको विसकन्सिनमा पुनस् मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुन : मतगणनाका लागि आग्रह गर्ने जनाएका छन् । विसकन्सिनमा मतान्तर शुन्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वतस् पुनस् मतगणना हुने प्रावधान रहेको छ ।
प्रकाशित | २० कार्तिक २०७७, बिहीबार ०९:५६