बाइडेनले सम्बोधन गर्दै भने – हामी स्पष्ट बहुमतका साथ चुनाव जित्दैछौं

न्यूयोर्क – अमेरिकी राष्ट्रपतिका उम्मेदबार जो बाइडेनले राष्ट्रपति चुनाव आफूले स्पष्ट बहुमतका साथ जित्ने बताएका छन् । पेन्सिलभेनिया र जर्जियामा अग्रता कायम राखेका बाइडेनले आफूहरुले चुनाव जित्ने निश्चित भइसकेको बताए ।

बाइडेनले शुक्रबार मध्यराती हुनुभन्दा अगाडि डेलावरमा विशेष सम्बोधन गर्दै स्पष्ट बहुमतका साथ चुनाव जित्ने विश्वास ब्यक्त गरे ।

उनले ७४ मिलियन भन्दा धेरै भोट प्राप्त भएको र उक्त भोट अमेरिकाको इतिहासमा कुनै पनि राष्ट्रपतिको उम्मेदबारलाई प्राप्त भन्दा धेरै रहेको पनि बताए ।

बाइडेनले आफूले राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेकै दिनबाट कोरोना महामारीका सन्दर्भमा तत्काल कदम चाल्ने बताएका छन् ।


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार १२:२४