बेलायतमा कात्तिक २० देखि एक महिने लकडाउनको घोषणा

लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोरोनाको बढ्दो संक्रमण दर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन (डिसेम्बर २ सम्म) गर्नु परेको बताउनु भएको छ । कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेलायतमा अहिले दैनिक २० हजारभन्दा बढी नयाँ संक्रमितहरु थपिदै गएको अवस्थामा बेलायती सरकारले इङ्ल्याण्डमा दोस्रो लकडाउनको घोषणा गरेको हो ।

यसअघि मार्च २३ देखि जुलाई ४ सम्म पहिलो लकडाउन गरिएको थियो । स्वास्थ्य विज्ञहरुले यही गतिमा संक्रमण दर बढ्दै गएमा पहिलो लहरभन्दा स्थिति भयावहहुने र ८० हजारभन्दाको बढी मृत्यु हुनसक्ने चेतावनीदिदै आएका छन ।प्रधानमन्त्री जोन्सनले अनावश्यक काममा बाहिर ननिस्कन र घरमै बसेर मानिसको ज्यान जोगाउनआग्रह गर्नु भएको छ ।

लकडाउन लागु भएसँगै इङल्याण्डमापव,रेष्टुरेष्ट,जीम,सैलुन,मनोरञ्जनका क्षेत्र र अत्यावसकीय सेवा बाहेकका अन्य सबै पसलहरु बन्द हुने छन् तर टेक अवे र डेलिभरी सेवाखुला रहनेछन । यद्धपि अघिल्लो लकडाउनमा बन्दभएका विद्यालय,क्याम्पस, विश्वविद्यालय भने यस पटक खुला हुनेछन । घरबाट गर्न नमिल्ने अवस्थाकाका उत्पादन र निर्माणसँग सम्बन्धितकामहरु यस अवधिमा रोकिने छैनन् । सुपरमार्केट खुला रहनेछन भने खुद्रा पसल बन्द हुनेछन् ।

डिसेम्बर २ पछि यसअघि लागु गरिएको टायर प्रणाली यथावत रुपमा सञ्चालन हुन सक्ने प्रधानमन्त्री जोन्सनले जानकारी दिनुभयो । संक्रमण दर बढ्दै गएपछि बेलायत सरकारले इङ्ल्याण्डमा मध्यम,जोखिम र उच्च जोखिम गरी तीन तहको टायर प्रणाली कार्यान्वयनमा ल्याएको थियो । संक्रमण नियन्त्रण गर्न बेलायतका राज्यहरु वेल्स,स्कटल्याण्ड र नर्थन आयरल्याण्डले आआफ्नै नियम अघि सारेका छन् ।

लकडाउनको घोषणासँगै प्रधानमन्त्री जोन्सनले अक्टोबरमा सकिन लागेको फर्लो योजनालाई नोभेम्बर महिनासम्म निरन्तरतादिने जानकारी दिनुभयो । कोरोनाका कारण प्रभावित भएका निजी क्षेत्रकाव्यवसायलाई सहयोग गर्ने उदेश्यले सरकारले यो योजना अगाडि सारेको थियो जसअनुरुपकामदारलाई सरकारले ८० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

विपक्षी लेबर पार्टीका नेता सर केर स्टारमरले सरकारले ढिलो लकडाउनको घोषणा गरेको बताउँदै सरकारको यस प्रस्तावमा समर्थन गर्ने संकेत दिनु भएको छ । सरकारले लकडाउनको विषयमाबुधवार प्रस्ताव पेश गर्दैछ । बेलायतमाशनिबार मात्र २१ हजार ९१५ नयाँ संक्रमित भेटिनुका साथै ३२६ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा संक्रमितको संख्या दशलाख ११ हजार ६६० पुगेको छ । बेलायत दशलाख नाघ्ने विश्वको नवौँ मुलुक बनेको छ । यसअघि यूरोपका फ्रान्स र जर्मनले पनि बढ्दो संक्रमणदरालाई हेर्दै लकडाउनको घोषण गरिसकेका छन । स्रोत – गोरखापत्र दैनीक

(विभिन्न एजेन्सिकाे सहयोगमा)


प्रकाशित | १६ कार्तिक २०७७, आईतवार ०७:४७