डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

काठमाडौँ -नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले बिहीबार मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले पनि बढाउने निर्णय गरेको हो । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने […]

पद्मश्री साहित्य पुरस्कार,पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार— २०७८ घोषणा

काठमाडौँ -पद्मश्री साहित्य पुरस्कार,पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार— २०७८ घोषणा भएको छ । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछालेने प्रेस विज्ञप्ति मार्फत पुरस्कार घोषणा बारे जानकारी गराउनु भएको हो । वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री […]

दुबहीमा सामुहिक ऋषिपञ्चमी कार्यक्रम सम्पन्न

काठमाडौं – हरितालिका तीजको अवसरमा बरदुबईमा पहिलो पटक सामुहिक ऋषिपञ्चमी कार्यक्रम हिमचुली रेस्टुरेन्टमा सम्पन्न भएको छ। ज्योतिष तथा गुरु बाल ब्यास श्रवण न्यौपानेको नेतृत्वमा भएको दर खुवाउने तथा ऋषिपञ्चमी कार्यक्रम भोलेबाबा ज्योतिष सेवा केन्द्रले आयोजना गरेको हो । दुबईमा पहिलो पटक हरितालिका तथा तिजको पावन अवसरमा सामुहिक रुपमा महिला तथा चेलीबेटीहरुलाई  दर खाने तथा ऋषिपञ्चमी […]

बालकथा लेखन प्रतियोगितामा मदरल्याण्ड स्कूल प्रथम

भक्तपुर -नेशनल प्याव्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ गते बालकथा लेखनको प्रशिक्षण गरी भाद्र ९ गते बालकथा लेखन प्रतियोगितामा आयोजना गरेको हो । बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कूलकी सरिना लामा प्रथम स्थान, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय स्थान, पारागन एकेडेमी स्कुलका […]

भारतको पंजाब टेक्निकल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई अत्याधिक छात्रबृति दिने

काठमाडौं -भारतको पंजाब टेक्निकल युनिभर्सिटीले नेपाली विद्यार्थीलेहरुलाई अत्याधिक छात्रबृति दिने भएको छ । आज काठमाडौँमा पत्रकार युनिभर्सिटीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटी, भारतको पंजाब, बठिंडामा अवस्थित पंजाबको एक स्टेट टेक्नीकल युनिभर्सिटी हो। महाराजा रन्जित सिंह पन्जाब टेक्निकल युनिभर्सिटीले विद्यार्थीहरूका लागि विभिन्न टेक्निकल कोर्सहरू Data science, IT and […]

नागरिकता विधेयक बारे भ्रम फैलाइएको भन्दै सरकारको प्रष्टीकरण (पूर्णपाठसहित)

काठमाडौं: सरकारले नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै प्रष्टीकरण दिएको छ । नागरिकता विधेयकबारे विधेयक ल्याउनुको कारण, विगतमा पूर्ववती सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश, संवैधानिक व्यवस्था, विगतको व्यवस्थाबारे उल्लेख गर्दै प्रष्टीकरण दिएको हो । ‘नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता’ शीर्षक दिइएको प्रष्टीकरणमा नागरिकता विधेयक किन ल्याइएको, नागरिका विधेयक कानुन नबने के हुन्छ, बने के हुन्छ […]

काठमाडौं महानगरले हटायो अल्फाबिटाको अवैैध संरचना

काठमाडौं:  काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा बिहीबार दिउँसो सो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो । यसअघि त्यहाँका कर्मचारीहरुले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर […]