काठमाडौं – हरितालिका तीजको अवसरमा बरदुबईमा पहिलो पटक सामुहिक ऋषिपञ्चमी कार्यक्रम हिमचुली रेस्टुरेन्टमा सम्पन्न भएको छ। ज्योतिष तथा गुरु बाल ब्यास श्रवण न्यौपानेको नेतृत्वमा भएको दर खुवाउने तथा ऋषिपञ्चमी कार्यक्रम भोलेबाबा ज्योतिष सेवा केन्द्रले आयोजना गरेको हो ।
दुबईमा पहिलो पटक हरितालिका तथा तिजको पावन अवसरमा सामुहिक रुपमा महिला तथा चेलीबेटीहरुलाई दर खाने तथा ऋषिपञ्चमी कार्यक्रमको लागि हिमचुली रेष्टोरेण्टले सहयोग गरेको थियो ।
रजस्वलाका समयमा छोइछाईलगायत कुनै त्रुटी भएको भए आज ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि श्रद्वालु महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन रहेको छ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाएर एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
प्रकाशित | १६ भाद्र २०७९, बिहीबार १३:४६