चितवन : चितवनमा एसआई युके नेपालको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न भएको छ । बेलायतमा उच्च शिक्षा लिन चाहाने नेपाली विद्यार्थीहरुका लागि एसआई युके नेपालले आज ९शनिबार० भरतपुर गार्डेन रिसोर्टमा आयोजना गरेको ‘बृहत एजुकेशन फेयर २०२२’ सम्पन्न भएको हो । शैक्षिक मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु क्षेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए […]
काठमाडौँ । नेपाल नागरिकता 0पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो । सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गर्नु भएको थियो । उक्त प्रस्तावमाथि […]
काठमाडौं : सन् २००० सालमा स्थापना भएको नेपाली क्लब, बहराइन सरकार सँग स्वीकृति प्राप्त नेपालीहरुको हक हितमा काम गर्ने एउटा सामाजिक संस्था हो । २० औं हजार नेपालीहरुको साझा चौतारीको रुपमा रहेको यस संस्था जसले परदेशमा नेपाल र नेपालीको पहिचानलाई सधैं उच्च राख्दै नेपाली भाषा, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन सगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउदै […]
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नु भएको हो। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनु भएको हो । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित […]
काठमाडौँ । बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दमकल प्रयोग गरेर निभाएका हुन् । आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी […]
काठमाडौँ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो । सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गर्नु भएको हो । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताउनु […]