काठमाडौं महानगरले हटायो अल्फाबिटाको अवैैध संरचना

काठमाडौं:  काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा बिहीबार दिउँसो सो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो ।

यसअघि त्यहाँका कर्मचारीहरुले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काइएको हो ।

May be an image of 8 people and people standing

मेयर शाहले यस अघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । पछि मेयर शाह आफैंले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिनु भएको थियो ।

काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका सबै संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यसको अवज्ञा गरेपछि मेयर शाहले आफ्नै नेतृत्वमा यस्ता संरचना हटाउने कामलाई तीव्रता दिनुभएको छ ।


प्रकाशित | ९ भाद्र २०७९, बिहीबार १८:१२