भारतको पंजाब टेक्निकल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई अत्याधिक छात्रबृति दिने

काठमाडौं -भारतको पंजाब टेक्निकल युनिभर्सिटीले नेपाली विद्यार्थीलेहरुलाई अत्याधिक छात्रबृति दिने भएको छ । आज काठमाडौँमा पत्रकार युनिभर्सिटीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटी, भारतको पंजाब, बठिंडामा अवस्थित पंजाबको एक स्टेट टेक्नीकल युनिभर्सिटी हो। महाराजा रन्जित सिंह पन्जाब टेक्निकल युनिभर्सिटीले विद्यार्थीहरूका लागि विभिन्न टेक्निकल कोर्सहरू Data science, IT and Software Engineering, Business, Cyber Security, Programming Languages, Designing, Patents and IPR जस्ता टेक्निकल कोर्सहरूको अध्ययन, अनुसन्धान गराउँदै आएको छ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटीका Chairman Admissions Dr. Manjit Bansal ले युनिभर्सिटीले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिइरहेको र विद्यार्थीलाई टेक्नीकल फिल्डमा विश्व स्थरमा चिनाउन युनिभर्सिटीका  शैक्षिक कार्यक्रमहरू सक्षम रहेको कुरा जानकारी गराउँदै आफ्नो स्वागत मन्तब्य राख्नु भयो ।

त्यसैगरी पत्रकार सम्मेलन मा उपस्थित बिभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई जानकारी गराउँदै युनिभर्सिटीका ट्रेनिङ एण्ड प्लेसमेन्टस् का डाइरेक्टर हर्जोत सिंह सिद्धुले युनिभर्सिटीको शिक्षाको गुणस्तर र जब प्लेसमेन्टका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।

सो पत्रकार सम्मेलनमा Max way international Education Consultancy का डिरेक्टर गम्भीर भगतले यस सरकारी युनिभर्सिटीमा इन्डियन विद्यार्थीहरू सरहनै नेपाली विद्यार्थीहरूले पनि डलर फि ट्रान्जेक्सन नभई इन्डियन स्टुडेन्टकै फि स्टकचरमा भर्ना गर्न पाउने जानकारी गराउनु भयो ।


प्रकाशित | ९ भाद्र २०७९, बिहीबार २०:३१