डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

काठमाडौँ -नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले बिहीबार मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले पनि बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।


प्रकाशित | १६ भाद्र २०७९, बिहीबार २२:३८