कतारमा नियम उल्लङ्घन गर्ने २४ म्यानपावर कम्पनीको लाइसेन्स खारेज, बिना लाइसेन्स कामदार भर्ना नगर्न चेतावनी

दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका […]

एयरपोर्टबाट फर्काइएका ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति

काठमाडौं –  त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो । नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो । न्युजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय […]

नेपाल–युएई संयुक्त समिति बैठक: नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

काठमाण्डौ – नेपाली श्रमिकलाई ५ वटा क्षेत्रमा भर्ना प्रकृया निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन यूएई सहमत भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा मंगलबार सम्पन्न नेपाल-यूएई संयुक्त समितिको दोस्रो बैठकमा यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पूर्णत निशुल्क गर्ने गरी पाइलट […]

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका साउदी अरबका राजकुमार स्वदेश फर्किए

तस्बिर : रासस काठमाण्डौ – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद स्वदेश फर्किनुभएको छ । श्रीलङ्काबाट निजी विमानमा हिजो सोमवार बेलुकी नेपाल आउनुभएका साउदी राजकुमार आज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभएको हो । राजकुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाई गर्नु भएको थियो । नेपालको […]

नेपाल र साउदी अरवबीच द्विपक्षीय वार्ता, यी सहयोग सम्झौतामा भयो हस्ताक्षर

काठमाण्डौ – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवा लगायत सरकारी अधिकारीसँग भेटवार्ता गर्नु भएको छ । नेपालको ‍औपचारिक भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमारले मंंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो […]

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र […]

श्रममन्त्री श्रेष्ठ आबुधावीमा, आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

आबुधावी –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आइपुग्नु भएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार (हिजो) यूएईको राजधानी आबुधाबी आइ पुग्नु भएको हो । आबुधाबी आइपुग्नु भएको श्रेष्ठ आज नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समितिको बैठकमा सहभागि हुँदै हुनुहुन्छ । बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार […]