नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

काठमाण्डौ – नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्यको बाटो खुलेको छ ।

सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले हस्ताक्षर गर्नुभएको छ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनु भएका विदेशमन्त्री राजकुमारले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ । टोली आज बेलुका स्वदेश फर्कर्नेछ ।

साउदी अरब नेपाली श्रम गन्तव्यको प्रमुख देशका रूपमा गनिन्छ । त्यहाँ चार लाखभन्दा बढी नेपाली नागरिक श्रमका लागि रहेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १ चैत्र २०७८, मंगलवार १२:४२