कतारमा नियम उल्लङ्घन गर्ने २४ म्यानपावर कम्पनीको लाइसेन्स खारेज, बिना लाइसेन्स कामदार भर्ना नगर्न चेतावनी

दोहा – कतार सरकारले रोजगारदाताको करार सर्त पालना नगरेको र निर्णय उल्लंघन गरेको भन्दै २४ म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको छ । कतारको श्रम मन्त्रालयले नियम उल्लङ्घन गर्ने २४ कम्पनीको लाइसेन्स समेत खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका लागि म्यानपावर कार्यालयमा अभियान सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयले सबै नागरिक र बासिन्दाहरूलाई म्यानपावर कार्यालयहरूबाट कुनै पनि दुर्व्यवहार वा उल्लङ्घनहरू गरिएको पाइएमा रिपोर्ट गर्न पनि भनेको छ ।

कतारले “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थप्यो (सूचीसहित)

श्रम मन्त्रालयले स्वीकृत लाइसेन्स नलिई अरुको नाममा विदेशबाट कामदार लैजाने व्यवसायमा संलग्न व्यक्ति तथा कम्पनीलाई पनि सचेत गराएको छ ।

मन्त्रालयले म्यानपावर कार्यालयसँग ठेक्कापट्टा गर्नेलाई अन्यको तर्फबाट विदेशबाट कामदार लैजाने कार्यालयसँग मन्त्रालयको स्वीकृत अनुमतिपत्र भएको सुनिश्चित गर्न पनि सुझाव दिएको हो ।

कतारमा श्रमिकका लागि न्यूनतम तलब एक हजार रियाल हुनैपर्ने

पछिल्ला केही वर्षहरूमा कतारले धेरै श्रम सुधारहरू गरेको छ । २०२१ मा कतारले पहिलो पटक गैर भेदभावपूर्ण न्यूनतम ज्याला सम्बन्धी कानून बनाएको थियो ।

यस अन्तर्गत रोजगारदाताहरूले आफ्ना कामदारहरूलाई खानाको लागि रियाल तीन सय, आवासको लागि रियाल पाँच सय र न्यूनतम मासिक आधारभूत पारिश्रमिक रियाल १ हजार तिर्न बाध्य छन्।

कतारमा कोरोनाको नियम उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइयो

न्यूनतम ज्याला कानूनको पालना नगर्ने रोजगारदातालाई एक वर्षको जेल सजाय र १० हजार रियालसम्म जरिवाना हुनेछ।

एमओएलले श्रम कानूनको सार्वजनिक उल्लङ्घनलाई सम्बोधन गर्नका लागि मे २०२१ मा कामदारहरूको गुनासोहरूको लागि नयाँ डेक्स स्थापना गरेको थियो ।

डिसेम्बर २०२१ मा मात्रै एमओएलले अन्य उल्लङ्घनहरू सहित काम गर्ने घण्टा र तलब सम्बन्धी २ हजार भन्दा बढी श्रमिकहरुको उजुरीहरू प्राप्त गरेको थियो ।

यी हुन् कारबाहीमा परेका कम्पनीहरू

Goldenman Services

Al Noor Manpower Suppliers

Top Choice Manpower Recruitment

Stars luck for trade and services

SeeNews recruitment

Al Qaswa’a Manpower Recruitment Agency

Aemal Manpower

Global Gate for recruitment

Iontech International Human Resources

Alfa Manpower

Aseel Manpower

Time Manpower

Al Amana Manpower

ِAl Ghroup Manpower

Hattan Quick Service Manpower Supply

ِAl Hakikka Manpower

Erum Manpower

Al Manara Manpower

Al Aziziya Manpower Supply

Trans Asia Manpower

Sahalah Manpower Recruitment & Services

Khalad Manpower Supply

Al Manei Manpower


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार २०:१९