एयरपोर्टबाट फर्काइएका ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति

काठमाडौं –  त्रिभुवन विमानस्थलबाट फर्काइएका करिब ४० जना नेपालीलाई न्यूजिल्यान्ड जान दिने सहमति भएको छ । अध्यगामन कार्यालयबाट मंगलबार र बुधबार फर्काइएकालाई वाणिज्यदूतावास न्यूजिल्यान्डको पहलमा जान दिने सहमति भएको हो ।

नेपालबाट आफ्नो परिवारलाई भेट्न न्यूजिल्यान्ड जान लागेका करिब ४० जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट फर्काइएको थियो ।

न्युजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय

न्युजिल्यान्डका लागि नेपाली महावाणिज्यदुत आत्मा राम खनालले आज दिन भरको छलफल र पत्राचार पछी आज बेलुकाबाट न्यूजिल्यान्ड आउन दिने सहमति भएको जानकारी दिनु भयो ।

खनालले गृह सचिब टेक नारायण पाण्डे, अध्यागमन विभाग का महानिर्देशक नारायण प्रसाद भट्टराई तथा त्रिभुवन अध्यागमन कार्यालयका महानिर्देशक पुष्पराज शाहीलाई सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

महावाणिज्यदुत खनालले यात्रा गर्ने ब्यक्तिलाई विवाहको प्रमाण पत्र र न्यूजिल्यान्डमा रहनु भएको आफ्नो पती वा पत्नीको पासपोर्ट र भिसाको कपीका साथै लिएर जान पनि आग्रह गर्नु भएको छ ।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार १६:१६