मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

काठमाडौं: सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका […]

सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार

नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो ।गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि […]

नक्कली मागपत्र देखाएर चरम ठगी

काठमाडौं:  सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो । कारोबारको सम्पर्कमा आएका सिन्धुलीका […]

वैदेशिक रोजगारीमा रहेका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनुपर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आथि वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे । ठूला संख्यामा युवा वैदेशिक रोजगारीमा जाँदासमेत रेमिट्यान्समा खासै वृद्धि हुन नसकेपछि सरकारले उक्त व्यवस्था […]

दिल्लीस्थित नेपाली दूतावासको एनओसी प्रावधानले अफ्रिकी मुलुक जाने ५ हजार नेपाली प्रभावित

काठमाडौँ : भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा दिल्ली दूतावासको सहमति पत्र (एनओसी) अनिवार्य चाहिने प्रावधान ‘विवादास्पद’ बनेको छ । विशेषत रोजगारीका निम्ति अफ्रिकी मुलुकहरुमा गएर बसेका झण्डै ५ हजार नेपालीले तोकिएको सेवाशर्त तथा सस्तो टिकट मूल्य आधारमा दिल्ली हुँदै आवतजावत गर्नुपर्ने अवस्थामा एनओसीको प्रावधानले अनावश्यक झन्झट थपिदिएको हो। […]

जापान रोजगार अनिश्चित

काठमाडौं: आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। […]

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवतीको उद्धार

काठमाडौंः वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को सहयोगमा नेपाल ल्याउने […]