आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था आउन नदिन निर्देशन दिनु भएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले झन्झटिला प्रक्रिया छोट्याएर कानून […]

दिल्लीमा एक साताका लागि लकडाउन थपियो

काठमाडौं । भारतको दिल्लीमा थप एक साता लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जारी लकडाउन एक साताका लागि थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । […]

एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

काठमाडौँ । एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइएको छ । दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको हो । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी […]

प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न (निर्णयसहित)

टोकीयो । प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न तेह्र बुँदे निर्णय गरेको छ । कमिटिका अध्यक्ष बुद्धिराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसी प्रमुख अतिथि र सचिव डा. सरोज कडेंल बिशेष अथिथिको रुपमा उपस्थित रहनु भएको थियो । विश्वव्यापी रुपमा फैलिएको […]

एनआरएनए र रोयल थाइ मोनेस्ट्रीको सहयोगमा थाइल्याण्डबाट पठाइयो २४ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ । नेपालमा थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल आएको हो । नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा सो सामग्री […]

सूयविनायकमा द्रुत गतिमा ५० शय्याको अस्पताल निर्माण गर्दैछौ: मेयर बासुदेव थापा (अन्तर्वार्ता)

कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र […]

मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा शूरु गर्यो एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन शूरु गरेको छ । प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का बिरामीलाई समेत दिन थालीएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने […]