काठमाडौं । भारतको दिल्लीमा थप एक साता लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जारी लकडाउन एक साताका लागि थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको थियो ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।
पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिर्दै आएका छन् ।
प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १६:१४