एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

काठमाडौँ । एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइएको छ । दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको हो । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताउनु भयो । तर प्रधानमन्त्री समेत रहनु भएका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताइएको छ ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १५:४०