प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न (निर्णयसहित)

टोकीयो । प्रवासी नेपाली एकता मञ्च कान्तो क्षेत्रीय कमिटीको पहिलो भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न तेह्र बुँदे निर्णय गरेको छ । कमिटिका अध्यक्ष बुद्धिराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको बैठकमा राष्ट्रिय कमिटिका अध्यक्ष सुरेश केसी प्रमुख अतिथि र सचिव डा. सरोज कडेंल बिशेष अथिथिको रुपमा उपस्थित रहनु भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट पिडित नेपालीहरुलाई सहयोगका लागि पनि विभिन्न निर्णय गरेको छ । बैठकले कोभिड–१९का कारण मृत्यु भएकाहरू प्रति श्रद्धान्जलि व्यक्त गर्दै संक्रमितहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नेपालमा बढ़दो कोरोना संक्रमण नियन्त्रण गर्न र जीवन रक्षा गर्न नेपाल सरकारसंग जोड़दार माग गर्ने निर्णय गरेको छ । कोरोना कोष स्थापनार्थ कोरोना राहत कोष कार्यदल गठन गर्ने निर्णय पनि बैंठकले गरेको छ ।

कोभिड १९ को विषम परिस्थितिमा आफु पनि बाचौ र अरुलाई पनि बचाऔ भन्ने मुल मन्त्र सहित सरोकारवालाले जारी गरेको मापदण्ड पालना गरी आआफ्नो स्थानमा सुरक्षित रहि आ–आफ्नो स्थानबाट सकेको सहयोग गर्न कमिटिले सबैमा अपिल गरेको छ । बैठकले “प्रवासीका लागि प्रवासी “भन्ने मुल मन्त्र सहित कुनै पनि समय असहज परिस्थितिलाई सकेसम्म सहज बनाउन विभिन्न सेवामुलक कार्यको प्रारंभ गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री चयन हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

यस्तै प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी, जापानले कान्तो कमीटि गठन गर्न खेलेको भुमिका र सहयोगको लागि पनि बैठकले धन्यवाद ज्ञापन गरेको छ । बैठकले भावी नीति तथा कार्यक्रम सम्वन्धमा अध्यक्ष र सचिबको संयुक्त परामर्शबाट जारी गर्ने निर्णय गरेको छ । यस्तै प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको असमायिक निधन प्रति गहिरो शोक र शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विभिन्न बिभिन्न बिभागहरू गठन गर्ने निर्णय गरेको छ । यस्तै सल्लाहकार कमिटी गठनको लागी अध्यक्षलाई जिम्मा दिने निर्णय गरेको छ । बैठक संचालन र फेसबुक मेस्सेंजर ग्रुप संचालन सम्बन्धी आवश्यक आचारसंहिता जारी गर्ने निर्णय गरेको छ । यस्ता छन् निर्णयहरु:-

निर्णय नं:१

हाम्रो गौरबशाली पार्टी नेकपा एमालेका श्रद्वेय अध्यक्ष केपी शर्मा ओली ज्यू पुन: प्रधानमन्त्रीमा चयन हुनू भएकोले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरियो।

निर्णय नं २:

प्रवासी नेपाली एकता मंच , राष्ट्रीय कमिटी, जापानले कान्तो कमीटि गठन गर्न खेलेको भुमिका र सहयोगको लागि धन्यवाद प्रकट गरियो।

निर्णय नं:-३

भावी नीति तथा कार्यक्रम सम्वन्धमा अध्यक्ष र सचिबको संयुक्त परामर्शबाट जारी गर्ने निर्णय भयो।

निर्णय नं :-४

प्रजातान्त्रिक राष्ट्रीय युवा संघका पुर्ब अध्यक्ष, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य क.पशुपति चौलागाईंको असमायिक निधन प्रति गहिरो शोक र शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्ने निर्णय गरियो ।

निर्णय नं:-५

कोभिड-१९ सम्बन्धी निम्न निर्णयहरू गरियो:-
@ कोभिड-१९का मृत्यु भएकाहरू प्रति हार्दिक श्रद्दांजलि र संक्रमितहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
@ नेपालमा बढ़दो कोरोना संक्रमण नियन्त्रण गर्न र जीवन रक्षा गर्न नेपाल सरकारसंग जोड़दार माग गर्ने ।
@ कोरोना कोष स्थापनार्थ कोरोना राहत कोष कार्यदल गठन गर्ने।

कोभिड १९ र यो परिस्थितिमा आफु पनि बाचौ र अरुलाई पनि बचाऔ भन्ने मुल मन्त्र सहित सरोकारवालाले जारी गरेको मापदण्ड पालना गरी आआफ्नो स्थानमा सुरक्षित रहि आआफ्नो स्थानबाट सकेको सहयोग गर्न कमिटि सबैमा हार्दिक अपिल गर्दछ!

४. “प्रवासीका लागि प्रवासी “भन्ने मुल मन्त्र सहित कुनै पनि समय असहज परिस्थितिलाई सकेसम्म सहज बनाउन हाललाई कमिटिले तपसिल सेवामुलक कार्यको प्रारंभ गर्ने छ।

क)कोभिड १९ संगै यो परिस्थितिको सामना गर्न एक कार्यदल गठन गरि आवस्यक कार्य प्रारंभ गर्ने छ। आवस्यक निर्णय गर्ने अख्तियारी दिएको छ।
जसमा १.अध्यक्ष
२.सचिव
३.सदस्य-१

ख) कर्मथलो जापानमा कोभिड १९ बाट केहि समस्या भएमा सहयोगको आवस्यक पहल कदमिको लागि कान्तो भित्रका संगठित सदस्य र बिभागिय सदस्य लाई २ मान सम्मको सहयोग गर्ने छ।

ग)सहयोगि हातहरुलाई अझै समय सापेक्ष लागु गर्न कमिटि तपसिल वमोजिम जिम्वेवारी बन्ने छ:-(कान्तो भित्रका संगठित सदस्य तथा बिभागिय जिम्वेवारी को हकमा)

अ)कोभिड १९ ले बिरामी परी हस्पिटल भर्ना भएको अवस्थामा ३ मान एन सहयोग गर्ने।

आ)दुर्घटना परि अकल्पनिय (मृत्यु भएको)घटना घट्न गएको अवस्थामा दाहस्स्कारमा लाग्ने खर्च (१० मान एन सम्म)बराबरको खर्च कमिटिले परिवारलाई सहयोग गर्ने छ।
नोट:-सामाजिक संजाल मार्फत शुल्क संकलन गरिने छैन)

निर्णय नं :-६

बिभिन्न बिभागहरू गठन गर्ने निर्णय गरियो
@ युवा बिभाग : संयोजक -बिनोद कार्की
@ पेशागत बिभाग : संयोजक – राम बहादुर घिमिरे
@ महिला बिभाग : सचिबले आवश्यक परामर्श गरेर गठन गर्ने।
@ बिध्यार्थी बिभाग : सचिबले आवश्यक परामर्श गरेर गठन गर्ने।

निर्णय नं:-७

सल्लाहकार कमिटी गठनको लागी अध्यक्षलाई ज़िम्मा दिने निर्णय गरियो।

निर्णय नं :-८

बैठक संचालन र फ़ेसबुक मेस्सेंजर ग्रुप संचालन सम्बन्धी आवश्यक आचारसंहिता जारी गर्ने निर्णय गरियो ।

निर्णय नं :-९

जीवन बीमा मिराई लाईफ बाट गर्ने र मिराई लाईफबाट दिने सुविधा तपसिल अनुसार जानकारी गर्ने निर्णय गरियो

पहिलो चरणमा कार्यसमितिका सम्पुर्ण कमरेडहरूलाई जापानमा नेपालीद्वारा सुरू गरिएको मिराई स्वास्थ्य तथा जीवन बीमा मार्फत सबैको बीमामा प्रवेश गराईने छ।

दोस्रो चरणमा विभागिय प्रमुख, विभागिय सदस्य र ईच्छुक सदस्यहरुलाई बीमा कार्यक्रममा समावेश हुन प्रोत्साहन गरिनेन छ।
यस बीमाबाट निम्न सुविधाहरु पाईनेछन:

क) बिरामी परि अस्पताल भर्ना भएमा दैनिक १०,००० येन र अप्रेसन गर्नु परेको अवस्थामा ६०,००० येन साथै हस्पिटल जाने भाडा स्वरूप २०,००० येन थप उपलव्ध हुनेछ।

ख) मृत्यु भएमा २० लाख येनसम्म उपलब्ध हुनेछ।
ग) जापानको बीमा भएकाले नेपाल तथा विदेशमा पुगी कुनैपनि समस्या परि अस्पताल भर्ना हुदा समेत यो सेवा प्राप्त गर्न सकिने छ।
घ) कोरोना जस्ता महामारी हुदॅा घर बसेरै उपचार भएको तथा अस्पताल बस्दा समेत सुविधा उपलब्ध छ।

बीमा शुल्क मासिक ७८३¥ बाट सुरु हुने छ।

निर्णय नं:-१०

बैठकको सन्दर्भमा भर्चुअल बैठक महीनाको एक पटक र भौतिक बैठक २ महीनाको १ पटक बस्ने निर्णय गरियो

निर्णय नं :-११

नेपालमा बढिरहेको कोरोना संक्रमण रोक्न र जनताको जीवन रक्षाको लागी अन्तरराष्ट्रीय कमिटीको नेतृत्वमा र राष्ट्रीय कमिटीको पहलमा गरिएको आर्थिक सहयोग संकलन अभियानलाई यस कमिटीमा आबद्वहरुको तर्फबाट पनी सहयोग गर्ने निर्णय गरियो

निर्णय नं १२

२८ औ मदन-आश्रित स्‍मृति दिवसको अवसरमा प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रिय कमिटी ,जापानको आयोजनामा यही मे १६ तारिख आइतबार ”पुर्वी एसियामा कोभिड-१९ को असर, नियन्त्रणका प्रयास र नेपालले अपनाउनु पर्ने उपायहरु” बिषयक अन्तरक्रिया कार्यक्रममा कमिटीको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरियो ।

निर्णय नं:-१३

कमिटि भित्र ग्रेड दिने ब्यवस्था :-
१. कार्यसम्पादन /जिम्वेवारी बहन- १ ग्रेड
२. बैठकमा १००%उपस्थित – १ग्रेड
३. कार्यक्रममा १००% उपस्थित-१ग्रेड
४. कमिटिको कुनै पनि बिवादमा नमुछिएको-१ ग्रेड
५.अध्यक्ष बाट मुल्याङकन – १ ग्रेड
जम्मा ५ ग्रेड हुने छ।

निर्णय नं:-१४

नेपालमा ब्यक्तिगत सहयोग गरिने रकम कमिटिको माघ्यम बाट दिन चाहेमा सो को पनि ब्यवस्था गरिने छ।


प्रकाशित | २ जेष्ठ २०७८, आईतवार १३:२१