सूर्यविनायक नगरपालिकाद्धारा सञ्चालीत मेलमिलाप सम्बन्धी ४८ घन्टे आधारभूत तालिम सम्पन्न, मेयर थापाद्धारा प्रमाणपत्र वितरण (तस्विरहरु)

भक्तपुर :  सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न गरेको छ । नगरपालिकाको न्यायीक समितिको आयोजनामा सञ्चालन गरिएको ८ दिन अर्थात ४८ घन्टे आधारभूत तालिम सम्पन्न गरिएको हो । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बिहीबार तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख थापाले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । […]

भक्तपुरमा बिहीबारदेखि हुने औद्योगिक साँस्कृतिक पर्यटन महोत्सवको तयारी पूरा

भक्तपुर:  विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो […]

कागेश्वरी मनोहरा नगरपालिका-७ मा ‘मेयर सँग जेष्ठ नागरिक निशुल्क विशेषज्ञ स्वास्थ कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका ७ मा मेयर सँग जेष्ठ नागरिक निशुल्क विशेषज्ञ स्वास्थ कार्यक्रम आयोजना गरिएको छ । वडा न.७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शनिबार आयोजित स्वास्थ्य कार्यक्रममा ५८ पुरुष र १ सय ४ जना महिला गरि १ सय ६२ जनाले सेवा लिएका छन् । वडाध्यक्ष भिमसेन थापाका अनुसार कार्यक्रममा जनरल फिजिसियन ओपीडी, आँखा […]

८४ करोडको गोठाटार भैमाल खानेपानी आयोजना शूरु, मेयर उपेन्द्र कार्कीद्धारा नयाँ पानी ट्याकीको शिलान्यास, नवनिर्मित ओभरहेड पानी ट्यांकी र कार्यालय भवनको उद्घाटन

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ८ मा बृहत्त गोठाटार भैमाल खानेपानी आयोजनाको निर्माण कार्य शूरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सहलगानीको नयाँ पानी ट्यांकीको शिलान्यास गर्नु भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको संयुक्त लगानीमा […]

गान्धी तुलसी क्याम्पसमा ई लाईबेरि स्थापना, अध्यक्ष थापाले गरे औपचारिक उद्घाटन

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा अवस्थित गान्धी तुलसी क्याम्पसमा ई लाइबेरिको स्थापना गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ का वडाध्यक्ष तथा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष अनील थापाले ई लाईबेरिको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । विश्वविद्यालय अनुदान आयोगबाट साढे तीन लाख रुपैयाँ उपकरण खरिदको लागि […]

सूर्यविनायक स्थानीय स्काउट परिषद्ले पायो पूर्णता, नवनिर्वाचीत सदस्यहरुद्धारा शपथ ग्रहण (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषद्ले पूर्णता पाएको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट परिषदका अध्यक्ष सरिता तिमिल्सिना भट्टराईको अध्यक्षतामा बसेको परिषदको बैठकमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा स्थानीइ स्काउट परिषद् संरक्षक बासुदेव थापाले बाँकि ६ जनालाई मनोनीत गर्नुभएसँगै पूर्णता पाएको हो । नगर प्रमुख थापाले प्रधानाध्यापकको तर्फबाट शान्ति निकेतन विद्यालयका प्रधानाध्यापक दिपक […]

बायोका सामुदायिक स्कूलमा शैक्षिक प्रदर्शनी

काठमाडौं:  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं २ स्थित बायोका सामुदायिक स्कूलले वार्षिक प्रदर्शनी तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेशसभा सदस्य बिमल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज खड्का, वडा सदस्यहरु, स्कूलका संस्थापक गुठियारहरु, ब्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा स्थानियहरुको उल्लेख्य […]