चाँगुनारायण नगरपालिकाले ल्यायो २ अर्ब ८ करोडको बजेट

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले पूँजीगततर्फ ५३ दशमलव ८१ प्रशित अर्थात १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने चालु खर्च तर्फ ९६ करोड १७ लाख १३ हजार ५ सय अर्थात ४६ दशमलव १९ प्रतिशत बजेट छुट्याइएको छ ।

नगर सभामा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट विनियोजन गर्नुहँुदै आन्तारिक आर्य तर्फ ३२ करोड ५५ लाख २० हजार आय अनुमान गरिएको बताउनुभयो । वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट १६ करोड ७६ लाख, राजस्व बाँडफाँडबाट ११ करोड २३ लाख तथा सशर्त (चालू) कार्यक्रममार्फत ३६ करोड ८१ लाख ५३ हजार र सशर्त पूँजीगततर्फ ६ करोड १७ लाख प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा समपुरक अनुदानमार्फत संघीय सरकारबाट १ करोड ५० लाख र विशेष अनुदानमार्फत ४ करोड ५० लाख प्राप्त हुने उल्लेख छ ।

त्यस्तै, बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण मार्फत १ करोड ७२ लाख ४८ हजार र सशर्त (चालू) कार्यक्रममार्फत २ करोड ३२ लाख ८५ हजार प्राप्त हुने अनुमान गरिएको छ भने । समपुरक अनुदानतर्फ प्रदेशक सरकारबाट ३ करोड र विशेष अनुदानमार्फत ७० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सवारी साधनको राजस्व बाँडफाँडबाट ८ करोड १३ लाख ३४ हजार र घ जग्गा रजिष्टेसनबाट ६० करोड गरी जम्मा ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिका सचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्र तर्फ ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।

पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन भएको छ ।

त्यस्तै, नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगर पप्रमुख खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सोमबार नै सर्वसम्मत पारित समेत भएको छ । कार्यक्रममा नगर सभा सदस्य सचिव तथा प्रमुख प्रसाशकीय अधिकृत शिव प्रसाद हुमेगाई र नगर सभा सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।


प्रकाशित | ११ असार २०८१, सोमबार २०:१०