काठमाडौँ – नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएका छन् । काठमाडौँमा दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट स्वास्थ्य जनशक्ति (नर्स) पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि […]
काठमाडौँ – वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हो ।
काठमाडौं -अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा डरल खाता खोल्न आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ’, उहाँले […]
दोहा– कोरोना संक्रमण बढेसँगै कतार सरकारद्वारा संक्रमण नियन्त्रण गर्न ३२ बुँदे कोभिड १९ सावधानीका उपायहरू जारी गरेको छ । कतारका प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको अध्यक्षतामा अमिरी दिवानमा मन्त्रिपरिषद्को नियमित बैठकले यस्तो घोषणा गरेको हो । बैठकले तीव्र गतिमा बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणसँग जुध्न धेरै सावधानीका उपायहरू […]
काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट बच्न नेपाल बाहिर बसोबास गर्ने नेपाली मध्ये ८८ प्रतिशत भन्दा बढीले कोरोना भाइरस संक्रमण विरुद्धको पूर्ण खोप लिएका छन् । गैर आवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा रहेका ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका छन्। गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक […]
काठमाडौँ -नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकाले पहल थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कालोसूचीबाट हटाउन आवश्यक पहल भइरहेको बताउनु भयो । उहाँले सरकार संवेदनशील रहेको बताउँदै युरोपेली युनियनले बनाएकोे कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेस भएको जानकारी दिनुभयो । “राष्ट्रिय सभाबाट दुवै विधेयक पारित […]
एजेन्सी – साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । […]