एजेन्सी – साउदी अरेबिया सरकारले मास्क नलगाउने मानिसलाई एक हजार रियाल रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना संक्रमण बढेसँगै साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।
यदि नियम उल्लंघन गरे पहिलोपटक १ हजार रियाल जरिवाना तिर्नुपर्नेछ भने चेतावनी पनि दिइनेछ । फेरि पनि दोहोर्याए दोब्बर जरिवाना तिर्नुपर्ने जनाइएको छ । त्यसपछि पनि नियम नमाने १ लाख रियाल जरिवाना हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित | १६ पुष २०७८, शुक्रबार १७:०९
Leave a Reply