पूर्वी युक्रेनमा दोस्रो चरणको युद्ध सुरु , अनुमान गरेभन्दा ठूलो हमला

काठमाडौँ- रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताउनुभएको छ। रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । ​दोनबासमा रुसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरुवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताउनुभएको छ । […]

पाकिस्तानको संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दै, कसले मार्ला बाजी ?

काठमाडौं । पाकिस्तानमा आज (सोमबार) नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ । इमरान खानको सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि गत शनिबार राती सरकार ढलेको थियो । विपक्षी मोर्चाले पूर्व प्रधानमन्त्री नवाज शरिफका भाई शाहबाज शरिफलाई नयाँ प्रधानमन्त्रीमा अघि सार्नु भएको छ । शरिफको मनोनयन दर्ता भइसकेको छ । त्यस्तै, इमरान खानको सरकारमा विदेशमन्त्री […]

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त हुनु भएको छ । उहाँविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त हुनु भएको हो । पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त हुनु भएको हो । राष्ट्रिय संसदमा अविश्वास […]

युक्रेनको रेलवे स्टेशनमा रुसले रकेट प्रहार गर्दा ५० जनाको मृत्यु

काठमाडौँ । युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो […]

जर्मनीद्धारा रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश

काठमाडौँ –जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन नसक्ने पनि बताउनुभएको छ […]

श्रीलङ्काका राष्ट्रपति राजपक्षेद्धारा नयाँ मन्त्रीमण्डल विस्तार,४ मन्त्रीले लिए शपथ

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ । चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको […]

रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै

काठमाडौँ । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो […]