जर्मनीद्धारा रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश

काठमाडौँ –जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन नसक्ने पनि बताउनुभएको छ ।

यदि कुटनीतिज्ञहरूलाई अनिच्छित व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइसकिएको बेयरबकले भन्नुभएको छ ।

यी व्यक्तिहरुलाई देश छोड्नका लागि पाँच दिनको समयसीमा तोकिएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार रुसी विदेश सेवाका कर्मचारीहरुमाथि मस्कोलाई जासुसीको काम गरिरहेको आशंका गरिएको छ ।

‘युक्रेनले आम हत्याका लागि रुसी सेनामाथि आरोप लगाएको छ । रुसी सेनाहरु यो सानो बस्तीमा केही समयका लागि बसेको थिए । पश्चिमा राजनीतिज्ञहरू यो विषयमा युक्रेनको पक्षमा उभिए पनि पेन्टागनले यो दावीलाई समर्थन गर्ने कुनै निष्पक्ष प्रमाण भने फेला नपरेको बताएको छ ।

 

 


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार ११:४६