सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

भक्तपुर: सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।

नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भएको थियो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रमाथि ब्यापक छलफल गर्दै सर्वसम्मत रुपमा पारित भएको हो ।

नगरपालिकामा मेयर थापा नेतृत्वमा आउनु ६ वर्षको अवधिमा अहिलेसम्म भएका हरेक कार्यपालिका बैठकदेखि १४ औं नगर परिषदसम्म हरेक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित हुँदै आएको छ । मेयर थापाले सबैलाई मिलाएर निस्पक्ष काम गर्दै नगर विकासमा नेतृत्वदायी भूमीका निर्वाह गर्न सकेकै कारण सर्वसम्मत निर्णय हुने गरेको नगरसभा सदस्यहरु बताउनुहुन्छ ।

विशेष गरि एमाले र कांग्रेसको प्रतिनिधित्व रहेको नगर सभामा एमालेको एकल बहुमत छ । तर मेयर थापाले निर्वाचन जितेपछि पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने विचारको ब्यवहारिक कार्यान्वयन गर्दै आउनु भएको छ । जसको कारण समृद्ध नगर बनाउन सहयोग पुगेको देखिन्छ भने सबैको साझा नेतृत्व बन्न सफल हुँदै आउनु भएको छ ।


प्रकाशित | ७ असार २०८०, बिहीबार १०:४३