चाँगुनारायणका सामुदायिक विद्यालयमा निरन्तर अनुगमन, एक महिना भित्र नतिजा निस्कने गरि शैक्षीक गुणस्तर सुधार गर्ने विद्यालयहरुको प्रतिबद्धता

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षीक गुणस्तर अभिबृद्धिमा विशेष जोड दिएको छ । नगरपालिकाको शिक्षा शाखाले विद्यालयको सघन उपचारात्मक अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै शैक्षीक गुणस्तर अभिबृद्धिमा विशेष जोड दिएको हो ।

नगरपालिकाले साउन २ गतेदेखि प्रारम्भिक चरणको सुपरिवेक्षण कार्य तीब्रता साथ अगाडि बढाइरहेको छ । विद्यालयहरुको भौतीक, प्रशासनीक र शैक्षीक अवस्था बारेमा जानकारी लिने उद्देश्यले अनुगमन गरिएको हो ।

बिज्ञ, जनप्रतिनिधि र शिक्षा समितीको संयुक्त टोलीले अनुगमनको क्रममा विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरुसँग अन्तरक्रिर्या गरि विद्यालयमा देखिएका समस्या पहिचान गर्ने र उक्त समस्या निराकरणका उपाय खोजी गर्ने कार्य पनि गरिरहेको छ ।

विद्यालय अनुगमनको क्रममा सबै विद्यालयहरु भौतीक सुविधा सम्पन्न, दिवा खाजा ब्यवस्थित, खानेपानी तथा सरसफाईको राम्रो प्रवन्ध भएको र केहि विद्यालयमा विद्यार्थी संख्या बढ्न नसकेको पाइएको छ । अनुगमनको क्रममा सामुदायिक विद्यालयहरुले एक महिना भित्र अनुभव गर्न सकिने कार्य योजना सहित कार्य प्रारम्भ गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

अनुगमनपश्चात धेरै विद्यालयमा सुधारको क्रम जारी छ । सबै विद्यालयमा टिम मोनिटरिङ हुने भएको छ । शिक्षा शाखाले योजनाबद्ध ढंगले अनुगमन गरिरहेको छ भने अनुगमन प्रतिबेदन प्रकाशन र सर्बजनिकिकरण पनि गर्दै आएको छ ।

अहिलेसम्म विभिन्न ८ वटा सामुदायिक विद्यालयको अनुगमन सम्पन्न गरिएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख विर बहादुर खडकाले हालसम्म वडा नंं २ को गणेश मावि, वडा नंं १ को मनोहरा मावि र विनायक सरस्वती आधारभूत विद्यालय, वडा नंं ९ को गणेश मावि र फैढोका आधारभूत विद्यालय, वडा नंं ३ को थापा आधारभूत विद्यालय तथा बालभूषण आधारभूत विद्यालय र वडा नंं २ को भैरवी आधारभूत विद्यालयमा अनुगमान गरिसकिएको छ ।

नगर क्षेत्रभित्रका सामुदायिक र सस्थागत सबै विद्यालयको अनुगमन योजनाबद्द रूपमा भइरहेको पनि प्रमुख खड्काले बताउनुभयो । नगरपालिकामा सामुदायिक विद्यालय ३४ र संस्थागत विद्यालय ३२ वटा छन् ।


प्रकाशित | ५ श्रावण २०८०, शुक्रबार २०:४६