सूर्यविनायकमा उपमेयर तिमिल्सिनाको एक वर्ष : २५ वटा निवेदन फछ्यौट, १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना

भक्तपुर : सूर्यविनायक नगरपालिकामा एक वर्षमा २५ वटा निवेदन फछ्यौट भएको छ । उपप्रमुख सरिता तिमिल्सिना भट्टराई संयोजक रहने न्यायीक समितिले एक वर्षर्मा गत आ.व.को अ.ल्या.सहित ६४ वटा उजुरी निवेदन दर्ता भएकोमा २५ वटा फछ्यौट गरेको हो । अन्य भने प्रकृयामा रहेको छ ।

एक वर्षमा १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि कार्यान्वयनमा ल्याएको पनि उपप्रमुख भट्टराईले बताउनुभयो । उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन समितिले एक वर्षको अवधिमा १८७ वटा विभिन्न आयोजना तथा कार्यक्रमको प्रत्यक्ष अनुगमन गरेको र बजार अनुगमनका कार्य समेत नियमित रुपमा हुँदै आएको छ ।

नगरपालिकामा हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि निर्देशिका र २ वटा आचार संहिता गरी जम्मा ८७ वटा कानून तर्जुमा भई कार्यान्वयनमा रहेको छ ।

चालू आ.व.देखि शुरु गरिएको कानूनी सचेतना कार्यक्रम १० वटै वडामा कार्यान्वयन गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।


प्रकाशित | २८ जेष्ठ २०८०, आईतवार १७:२४