३ लाख २५ हजारलाई रोजगारी सिर्जना गर्न १३ अर्ब ४० करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आगामी वर्ष ३ लाख २५ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसको लागि सरकारले १३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थ मन्त्री बिष्णू पौडेलले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ बजेट छुट्याइएको बताउनु भयो । सरकारी, निजी र गैरसरकारी निकायसँग समन्यव गरी आगामी वर्षसम्म २ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्री पौडेलले बताउनु भयो ।

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने बतानु भयो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:३४