कीर्तिपुर नगरपालिकामा कांग्रेसको सानदार जित

काठमाडौं: काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले शानदार जित निकालेको छ । कांग्रेसबाट मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि निर्वाचीत भए भने एमालेले दुई महिला सदस्य मात्र जित्यो । अघिल्लो २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो ।

कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुनु भयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाउनु भयो ।

उपमेयरमा पनि कांग्रेसकै शुभलक्ष्मी शाक्य विजयी हुनु भयो । उहाँले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाउनु भयो ।

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० तथा एकीकृत समाजवादीका मेयरका उम्मेदवार वटुकृष्ण थापाले ११५३ तथा उपमेयरकी उम्मेदवार कमला महर्जनले ८७२ मत पाउनु भयो ।

वडा नम्बर ४ बाहेक सबै वडाध्यक्ष कांग्रेसले जितेको छ । वडाध्यक्ष, वडा सदस्य र महिला सदस्यमा एक एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २२:५८