भक्तपुर : सूर्यविनायक नगरपालिकाले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरेको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय निर्वाचबाट निर्वाचीत जनप्रतिनिधिले एक वर्षमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गरिएको हो ।

नगर प्रमुख बासुदेव थापा नेतृत्वमा रहेको जनप्रतिनिधिले नगरपालिकामा २०७९ जेठ ९ गते पदबहाली गर्नु भएको थियो ।

एक वर्षमा पूर्वाधार विकासका ४६९ वटा आयोजनाहरु सम्झौता भई ३०४ वटा आयोजना सम्पन्न भई सकेको र १६५ वटा आयोजनाहरु सम्पन्नको अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

१० दशमलव ९ कि.मी.सडक कालोपत्रे तथा ढलान कार्य सम्पन्न भएको र थप पक्की मोटर पुल २ वटा, ट्रष्ट पुल ४ वटा, बाटो सिमांकन ५ दशमलव ६ कि.मी., ढल विछ्याउने कार्य २ कि.मी., नयाँ खानेपानीका धारा वितरण २ हजार २०० वटा, सडक बत्ती जडान १ हजार ३५२ वटा, सामुदायिक भवन निर्माण ३ वटा, र मठ, मन्दिर, गुम्बा लगायत धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वका संरचना मर्मत तथा सुधार १९ वटा सम्पन्न भएका छन ।

नगरपालिकाको प्रशासनिक भवनको करिब ५० प्रतिशत कार्य यसै वर्ष सम्पन्न भएको र भवन निर्माण आगामी आ.व.भित्र पूरा गर्ने लक्ष्या लिइएको छ । नगरपालिका अस्पतालको नयाँ भवनको डिपीआर तयार भई स्वीकृतिका लागि पेश गरिएको छ भने वडा नं ५ को वडा प्रशासकीय भवन निर्माण गर्न बोलपत्र आहव्हानको सूचना प्रकाशित भई सकेको पनि जनाइएको छ ।

त्यस्तै, नगरपालिकाको गुण्डुमा यातायात कार्यालय भवन निर्माण कार्य अगाडि वढाईएको, सूनपा वडा नं १ देखि ६ सम्म नगरपालिकाको आफ्नै लगानीमा मेलम्चीको खानेपानी वितरणको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भई बोलपत्र प्रकाशित भई सकेको छ ।

सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयमा आई एक वर्षको अवधिमा २ हजार १७१ जनाले सेवा प्राप्त गरेका छन । स्थानीय भू उपयोग परीषदको तर्फबाट नगरपालिकाको भू उपयोग योजना तर्जुमा पुरा गरी कार्यान्वयनमा ल्याईएको छ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक माध्यमबाट परीक्षा संचालन गरी प्रधानाध्यापक नियुक्ति गर्ने कार्यले राष्ट्रव्यापी प्रशंसा पाएको, काठमाण्डौ उपत्यका मेयर्स फोरमको तर्फबाट उपत्यकाका सवै स्थानीय तहमा यो प्रणाली लागू गर्ने निर्णय भएको र संघीय सरकारको आगामी आ.व.को बजेट वक्तव्यमा समेत सवै स्थानीय तहमा यो अभ्यासलाई लागू गर्ने विषय उल्लेख भएकोले यो काम नगरपालिकाको तर्फबाट भएको उत्कृष्ठ कार्य बनेको छ ।

स्वास्थ्य जोखिम न्यूनीकरणका लागि नगरपालिकाको तर्फबाट एक हजार अनुदान सहित संचालनमा ल्याईएको स्वास्थ्य वीमा कार्यक्रमबाट यस आ.व.मा थप २०३५ घरधुरीका १० हजार १७५ जना लाभान्वित हुनेगरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन ।

नगरपालिकामा कुरिलो ३ लाख ३७ हजार के.जी., च्याउ ५ लाख ४० हजार के.जी., र गोलभेडा २६ लाख ५१ हजार के.जी. उत्पादन भई उक्त उत्पादनहरुमा नगरपालिका आत्मनिर्भर भई निकासी समेत गर्ने गरिएको जनाइएको छ ।

त्यस्तै, सयपत्री फूल ५ करोडको, ६ करोडको कुरिलो, ८ करोडको च्याउ र ७ करोड ८० लाख बरावरको गोलभेडा यस नगरपालिकामा उत्पादन भई विक्री वितरण भएको र नगरपालिका क्षेत्रमा रहेका १७४५ जना पशुपालक कृषकहरुलाई पशुपंक्षि सेवा कार्यालयबाट सेवा प्रवाह गरिएको छ ।

सुशासनका लागि प्रविधिको प्रयोग गरी विद्युतीय शासन प्रणाली स्थानपन गर्न सूर्यविनायक नगरपालिकामा .लेखा प्रणाली, जिन्सी, राजस्व असुली, नक्सा, योजना शाखा, नगर अस्पताल, कर्मचारी प्रशासन, न्यायीक समिति, स्वास्थ्यको अभिलेख, पंजीकरणको लागि व्यक्तिगत घटना दर्ता,मा सफटवेयर प्राणली जडान गरिएको र नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, नगर अस्पताल एवं सामुदायिक विद्यालयहरुमा ई हाजिरी प्रणाली कार्यान्वयन गरिएको छ ।

सूर्यविनायक नगरपालिका, स्वीस दूतावास र नीजि क्षेत्रको संस्था वान टू वाचको सहकार्यमा यहाँ संचालित कम्तिमा २० वटा व्यसायहरुलाई सुदृढीकरण गरी व्यसायको स्तर वृद्धि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

त्यस्तैगरि, नरपालिकाको २५ वर्षे एकिकृत शहरी विकास योजनाको आधारमा ५ वर्ष आवधिक योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । जरीवाना छुट सहित व्यवसाय दर्ता अभियान संचालन गरी थप १ हजार ५४३ व्यवसायलाई राजस्वको दायरामा ल्याईएको, राजस्व प्रक्षेपणको तुलनामा असुलीको अवस्था विश्लेषण गर्दा हालसम्म ८३.५ प्रतिशत असुली भई सकेको र चालू आ.व.को बाँकि अवधिमा प्रक्षेपित राजस्व असुली हुने अपेक्षा गरिएको छ ।

चालू आ.व.को लागि १ अर्व ९२ करोडको बजेट प्रक्षेपण गरिएकोमा हालसम्म चालू तर्फ रु.४७ करोड ९५ लाख एवं पूँजीगत तर्फ ४५ करोड त्रिहत्तर लाख खर्च भएको छ । खर्च प्रतिशत हेर्दा चालू तर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ५२ प्रतिशत खर्च भएको देखिन्छ । आ.व.को अन्तसम्म करिब ७० प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरिएको छ ।

न्यायाीक समिति अन्तर्गत एक वर्षमा २५ वटा निवेदन फछ्यौट भएको छ । उपप्रमुख सरिता तिमिल्सिना भट्टराई संयोजक रहने न्यायीक समितिले एक वर्षर्मा गत आ।व।को अ।ल्या।सहित ६४ वटा उजुरी निवेदन दर्ता भएकोमा २५ वटा फछ्यौट गरेको हो । अन्य भने प्रकृयामा रहेको छ ।

एक वर्षमा १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरि कार्यान्वयनमा ल्याएको, उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन समितिले एक वर्षको अवधिमा १८७ वटा विभिन्न आयोजना तथा कार्यक्रमको प्रत्यक्ष अनुगमन गरेको र बजार अनुगमनका कार्य समेत नियमित रुपमा हुँदै आएको छ ।

नगरपालिकामा हालसम्म ३२ वटा ऐन, ८ वटा नियमावली, ४५ वटा कार्यविधि निर्देशिका र २ वटा आचार संहिता गरी जम्मा ८७ वटा कानून तर्जुमा भई कार्यान्वयनमा रहेको छ । चालू आ।व।देखि शुरु गरिएको कानूनी सचेतना कार्यक्रम १० वटै वडामा कार्यान्वयन गरिएको छ ।

नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले पनि बोल्नु भएको थियो भने नगर प्रवक्ता रविन्द्र सापकोटाले एक वर्षको कार्यप्रगति वाचन गर्नु भएको थियो । कार्यक्रम सूचना अधिकारी अनीरुद्र नेपालले सञ्चालन गर्नु भएको थियो ।

त्यस्तै, सोही अवसरमा १० वटै वडाका वडाध्यक्ष तथा प्रतिनिधिले एक वर्षमा भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गर्नु भएको थियो । कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदिप कार्की, ३ का वडाध्यक्ष दिपेन्द्र केसी, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ बाट कार्यपालिका सदस्य तथा वडा प्रतिनिधि कमला पोखरेल, ६ का वडाध्यक्ष ईश्वर खड्का, ७ बाट वडा सदस्य सुर्य माकजु, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं १० का वडाध्यक्ष शिवराम रावतले आ-आफ्नो वडामा भएका महत्वपूर्ण कार्यहरु प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित | २८ जेष्ठ २०८०, आईतवार १८:१९