एनआरएनए संकट : समस्याको जड र समाधानका उपाय

एसी शेर्पा

गैर आवासीय नेपाली संघ (एनआरएनए) पवित्र  उद्देश्य लिएर स्थापना भएको एक गैरनाफामूलक, गैर ब्यवसायीक र गैरराजनीतिक संस्था हो । यसको स्थापना विशेष गरि विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको हक हितका सवालमा आवाज उठाउन र मातृभूमिको सम्मृद्धिमा योगदान पुर्याउनकै लागि भएको हो । सन् २००३ मा स्थापना भएको संस्था करिब दुई दशक पुग्न लागिसकेको छ । यो अवधिमा संस्थामार्फत धेरै राम्रा र प्रशंसनीय कार्य भएका छन् । विशेष गरि एनआरएनए अभियानमा डा. शेष घले जस्तो ब्यक्तीको प्रवेश सँगै धेरै राम्रा कामको थालनी भएको छ भने धेरै खालका परिवर्तनहरु आएका छन् ।

संस्थामा कामै नगरेका र योगदान शुन्य भएका ब्यक्तीलाई नेतृत्व तहमा पुर्याउँदा उनीहरुको ब्यक्तीगत जीवनमा ठूलो उपलब्धी होला तर यो योगदान गर्नेको लागि सबैभन्दा ठूलो अन्याय हो र संस्थाप्रति घृणा बढाउने काम हो ।

उहाँले एनआरएनएलाई रुपान्तरण गर्न र यो सञ्जालमार्फत वृहत्त रुपमा नेपाल तथा नेपालीको सहयोगी बन्न महत्वपूर्ण योगदान गर्नु भएको कुरा हामी कसैले लुकाएर लुक्दैन । डा. घले यो अभियानमा नआउञ्जेल संस्थाले खासै पहिचान पनि बनाएको थिएन । तर उहाँले दुई कार्यकाल समालेपछि विश्वभरिका गैर आवासीय नेपालीहरुको आसा र विश्वासको केन्द्र बन्न पुग्यो । विश्वभरिका सबै वर्ग, क्षेत्र र जातको प्रवेशसँगै समावेशी बन्न पुग्यो । डा. घलेले एनआरएनलाई अगाडि बढाउन नयाँ नयाँ अवधारण अगाडि सार्नु भयो । जस अन्तर्गत एनआरएनए भिजन २०२० एण्ड वियोण्डको अवधारण ल्याउनु भयो । जुन अवधारणामा विश्वभरिका गैर आवासीय नेपालीहरुको आफ्नै भवन निर्माणको थालनी गर्नु भयो । तर डा. घलेले एनआरएनए हस्तान्तरण गर्नु भएपछि न उहाँको भिजनलाई कार्यान्वयन गरियो न उद्देश्य अनुसार नै एनआरएनए भवन निर्माण गर्न दिइयो । उल्टै भवनको संरचना र डिजाईनमा परिवर्तन गरेर ब्यापारीक स्वार्थ अनुसार बनाइयो । भवनलाई उहाँले विशेष गरि विश्वभरिका सबै क्षेत्रको छुट्टा छुट्टै डेक्स्क राख्ने र विभागीय संरचनाको परिकल्पना गर्नु भएको थियो । आज एनआरएनएको भवन निर्माण त गरिएको छ तर भवन निर्माणको अवधारण सबै उल्टाएर डिजाई परिवर्तन गर्दै भाडामा लगाइएको छ । यो निकै दुखद पक्ष हो ।

अर्को कुरा डा. घलेकै पालामा पारित गरिएको भिजन २०२० एण्ड वियोण्ड कार्यान्वयन नगरि त्यसविपरीत संस्थालाई ब्यक्तीगत स्वार्थको झुण्ड बनाइएको छ । संस्थाको नाममा आफ्नो ब्यवसायीक तथा ब्यक्तीगत स्वार्थ पूरा गर्ने र यसलाई कमाई खाने भाँडोको रुपमा उपयोग गरिएको छ । 

हिजोको दिनमा एनआरएनए अमेरिकाको विवाद पेनड्राईभ काण्डबाट भएको थियो । जसको कारण एनसिसी अमेरिकालाई अदालतमा मुद्दा मामिला सम्म पुर्याइयो । आज अमेरिकाको विवाद एमआइएस सिस्टममार्फत केन्द्रमा पुर्याएर संसारभरिका गैर आवासीय नेपालीलाई विभाजन ल्याउने काम गरियो । एनआरएनए अमेरिकामा तत्कालीन अवस्थामा पेनड्राईभ दिने र लिने कार्यमा संलग्न ब्यक्तीहरुलाई नै संस्थाको महासचिव जस्तो पदमा पुर्याइएको छ ।

पछिल्लो समय एनआरएनएलाई कुन अवस्थामा पुर्याइएको छ भन्ने कुरा त हामी सबैले स्पष्ट देखिसकेकै छौ । डा. घलेको पालामा करोडौ जगेडा भएको संस्थाको सबै कोषलाई शुन्य बनाइएको छ । संस्थालाई घाटामा पुर्याइएको छ । संस्थामा राजनीतिकरण हावी भएको छ । संस्था नेपालका राजनीतिक दलका नेताहरुको कठपुतली जस्तो बन्नुपरिरहेको छ । आफ्नो ब्यवसायीक स्वार्थ पूर्ति गर्नका लागि एनआरएनको विधान जस्तो कुरालाई जर्वजस्ती संशोधन गरिएको छ । संस्था जसरी पनि कब्जा गर्ने उद्देश्य राख्दा अहिलेको अवस्था आएको हो भन्नेमा कसैको दुईमत छैन । 

विशेष गरि हिजोको दिनमा एनआरएनए अमेरिकाको विवाद पेनड्राईभ काण्डबाट भएको थियो । जसको कारण एनसिसी अमेरिकालाई अदालतमा मुद्दा मामिला सम्म पुर्याइयो । आज अमेरिकाबाट शुरु भएको विवाद एमआइएस सिस्टममार्फत केन्द्रमा पुर्याएर संसारभरिका गैर आवासीय नेपालीलाई विभाजन ल्याउने काम गरियो । एनआरएनए अमेरिकामा तत्कालीन अवस्थामा पेनड्राईभ दिने र लिने कार्यमा संलग्न ब्यक्तीहरुलाई नै संस्थाको महासचिव जस्तो पदमा पुर्याइएको छ । त्यसैले एनआरएनए अमेरिकामा पेनड्राईभ मार्फत धाँधली गरेका ब्यक्तीहरुले संसारका एनआरएनलाई पनि धोका दिएर विभाजन र फुट ल्याउने कार्य गरिरहेकोतर्फ सचेत हुनुपर्छ ।

संस्था यो अवस्थामा आउनुमा पूर्व अध्यक्षहरुबीचको स्वार्थ सघर्ष पनि अर्को प्रमुख कारण हो । तर डा. घले एक्लै भए पनि विधि, विधान र प्रक्रियाको विरुद्धमा लडिरहनु भयो । यहाँ हामीले पूर्व अध्यक्षहरुको अनावश्यक हस्तक्षेप र स्वार्थलाई रोक्न नसक्दा अहिलेको अवस्था आएको हो भन्न पनि डराउनु पर्ने कारण छैन । विधि र विधानको विरुद्ध लडीरहँदा अन्तिममा कुल आचार्यसहितका ब्यक्तिहरुले आफनो ब्यक्तीगत स्वार्थ र पदलाई केन्द्रमा राख्नु भयो अर्थात पदको लागि जे पनि गर्न तयार हुनु भयो । संस्थाको लागि त्यो अर्को ठूलो क्षति थियो । यसको अर्थ यो संस्थामा लाग्नुको मुख्य कारण पदकै लागि रहेछ भन्ने प्रमाणीत पनि भयो । तीन/तीन जना अध्यक्ष बनाएर संस्थाको बेइज्जति गर्ने काम गरियो । जम्बो कमिटि बनाएर संस्थाको साख र गरिमालाई समाप्त बनाउने काम भयो, दुनीया हसाउने काम गरियो । आखिर संस्थामा पदकै लागि झगडा गरिएको रहेछ भन्ने प्रमाणीत भयो ।

अहिलेको लागि संस्थालाई विभाजनबाट रोक्नका लागि परराष्ट्र मन्त्रालयले पनि ठूलो भूमिका खेल्न सक्छ । मन्त्रालयमा दुवै पक्षले पेश गरेको दावी उपर डा. शेष घले र संस्थापन पक्ष दुवैलाई मान्यता नदिई अहिले बनेको दुवै पक्षका कमिटिलाई समायोजन गरेर यो समितिलाई तदर्थ समिति घोषणा गर्ने र तत्काल विवादीत विषयलाई विधानबाट हटाई आगामी अक्टोवरभित्र निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न सकिएमा संस्थालाई अझै पनि बचाउन सकिन्छ ।

यतिखेर के संस्था यही उद्देश्यले स्थापना भएको थियो त ? भन्ने प्रश्न आम गैर आवासीय नेपालीहरुले गरिरहेका छन् । गैर आवासीय नेपालीहरुका मुद्दा झन झन कमजोर बन्दै गइरहेका छन् । त्यता तर्फ कसैको ध्यान गएको छैन । आखिर पदकै लागि यो सबै भएको रहेछ भन्ने एकदमै गलत सन्देश प्रवाह हुनु यो भन्दा लाजमर्दो अर्को के हुन सक्छ ? साच्चिकै संस्थालाई एकजुट बनाउने हो भने अझै पनि पूर्व अध्यक्ष ज्यूहरुले गम्भिर समिक्षा गर्नुपर्छ र गल्तीलाई महसुस गर्दै अब आउने दिनमा त्यस्तो गल्ती नगर्ने, संस्थालाई नयाँ ढाँचामा अगाडि बढाउने वाचा गर्नुपर्छ ।

अहिलेको लागि संस्थालाई विभाजनबाट रोक्नका लागि परराष्ट्र मन्त्रालयले पनि ठूलो भूमिका खेल्न सक्छ । मन्त्रालयमा दुवै पक्षले पेश गरेको दावी उपर डा. शेष घले र संस्थापन पक्ष दुवैलाई मान्यता नदिई अहिले बनेको दुवै पक्षका कमिटिलाई समायोजन गरेर यो समितिलाई तदर्थ समिति घोषणा गर्ने र तत्काल विवादीत विषयलाई विधानबाट हटाई आगामी अक्टोवरभित्र निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न सकिएमा संस्थालाई अझै पनि बचाउन सकिन्छ ।

यो संस्थामा सबैको योगदान छ । तर संस्थालाई अप्ठ्यारो पर्दा र नेपालीहरुलाई दुखमा साथ दिने धेरै ब्यक्तीहरुको चित दुखेको छ । संस्थामा कामै नगरेका र योगदान शुन्य भएका ब्यक्तीलाई नेतृत्व तहमा पुर्याउँदा उनीहरुको ब्यक्तीगत जीवनमा ठूलो उपलब्धी होला तर यो योगदान गर्नेको लागि यो सबैभन्दा ठूलो अन्याय हो र संस्थाप्रति घृणा बढाउने काम हो । त्यसकारण संस्थालाई विभाजनबाट जोगाउने र सबैको भावना समेटेर संस्थाको उद्देश्य अनुरुप संचालन गर्ने हो भने यी सबै कुरामा सबै एकजुट भएर सोही अनुसार कदम चाल्नुपर्ने हुन्छ । आखिर केहि ब्यक्तिको स्वार्थको लागि खोलीएको हो र उनीहरुकै वरिपरि चलाउने हो भने संस्था एक रहन सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । धन्यवाद ।

एसी गैर आवासीय नेपाली संघ (एनआरएनए) को अघिल्लो कार्यकालको लागि आइसिसी सल्लाहकार हुनुहुन्थ्यो । साथै उहाँ अमेरिकास्थित सियाटल स्टेटका लागि अवैतानीक महावाणिज्यदूत समेत हुनुहुन्छ ।


प्रकाशित | २२ चैत्र २०७८, मंगलवार २२:४६